डा. बाँस्तोल भन्छन् : उपचार हुँदैछ, दोस्रो परीक्षण गर्दैछौं

|

काठमाडौं : कोरोना भाइरस संक्रमण भएर उपचाररत युवती डिस्चार्ज नभएको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ।

अस्पतालमै उपचाररत फ्रान्सबाट आएकी काठमाडौंकी १९ वर्षीया युवती निको भएर डिस्चार्ज भएको समाचार शु्क्रबार भाइरसल भएपछि डा. अनुप बाँस्तोलाले यस्तो जानकारी दिएका हुन्। 

सरुवारोग विशेषज्ञसमेत रहेका डा. बाँस्तोलाले ती युवतीको स्वास्थ्य अवस्था स्थिर रहेको बताउँदै आइतवारसम्ममा दोस्रो परीक्षण सकिएपछि थप निर्णय लिइने जानकारी दिए।

'युवतीको हामीले उपचार गरिरहेका छौँ। डिस्चार्ज भएको हल्ला अफवाह मात्रै हो', उनले थाहाखबरसँग भने, 'दोस्रो चरणको परीक्षणको रिपोर्ट नै नआइ नेगेटिभ आएको हल्लामा कुनै सत्यता छैन।'

परिवार सुरक्षित

डा. बाँस्तोलाका अनुसार कोरोना भाइरसको संक्रमणमा परेकी १९ वर्षीया युवतीको परिवारका सदस्यहरु भने सुरक्षित रहेको पाइएको छ। टेकुस्थित राष्ट्रिय जनस्वाथ्य प्रयोगशालामा परीक्षणका क्रममा उनीसँग सम्पर्क भएका परिवारका ६ सदस्यको कोरोना भाइरस रिपोर्ट नेगेटिभ आएको बाँस्तोलाले जानकारी दिए। 

संक्रमित युवतीको दोस्रो परीक्षणको रिपोर्ट आउनै बाँकी छ। गत चैत ४ गते फ्रान्सबाट कतार हुँदै फर्किएकी युवतीसँग यात्रा गरेका १५८ जना यात्रुको विवरण प्रहरीले लिइसकेको छ।

उनीसँग एउटै जहाजमा सवार १५८ मध्ये ३३ जना नेपालीमा कोभिड-१९ को संक्रमण नेगेटिभ नदेखिएको प्रहरीले जनाएको छ। प्रदेश नम्बर २ का प्रहरी प्रमुख डीआइजी प्रद्युम्न कार्कीले यस्तो जानकारी दिएका हुन्। 

चैत ४ गते फ्रान्सबाट कतार हुँदै करता एयरवेजको बिमानमा आएकी १९ वर्षीया युवतीलाई कोभिड पोजिटिभ देखिएपछि टेकू अस्पतालको आइसोलेसनमा उपचार जारी छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.