|

बाग्लुङ : कोरोना भाइरसको जोखिम कम गर्न बाग्लुङ नगरपालिकाले बजारका मुख्य चोकहरुमा कीटनाशक औषधि छर्किन सुरु गरेको छ। 

सोडिम कोलोराइड मिसाइएको औषधि बजारक्षेत्रका मुख्य चोकहरुमा छर्किन थालिएको हो। कीटनाशक औषधिले भाइरसको जोखिम कम गर्ने भएकाले शुक्रबारदेखि बजारक्षेत्रमा यो काम थालिएको नगरपालिकाका जनस्वास्थ्य अधिकृत रामप्रसाद खनालले बताए। 

मौसम सफा भएमा शनिबार र आइतबार समेत बजारक्षेत्रमा औषधि छर्किने कार्यक्रम रहेको नगर उपप्रमुख सुरेन्द्र खड्काले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.