|

काठमाडौं :  परराष्ट्र मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न तत्काल अत्यावश्यक औषधीय सामग्री चीनबाट शनिबार आइपुग्ने जनाएको छ। 

ती सामग्री आज  आइपुग्ने गरी चीनबाट पठाउन लागिएको परराष्ट्र मन्त्रालयले जनाएको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपालबाट हवाइजहाज पठाउने तयारी गरिएको बताए।

मन्त्रालयका अनुसार स्वास्थ्य मन्त्रालयका तर्फबाट आवश्यक सामग्रीको सूची परराष्ट्र मन्त्रालय मार्फत चीनमा पठाइएको थियो। माग अनुसारका सामग्री आउनेमा सरकार विश्वस्त छ। पठाएको सूची अनुसारका सामग्री कहिले आइपुग्ने र वितरण गर्ने भन्ने पर्खाइमा स्वास्थ्य मन्त्रालय रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.