|

धनकुटा :  लकडाउन कारण तमोर करिडोरको धनकुटा खण्डमा कार्यरत मजदुरहरु पाँच दिनदेखि अलपत्र परेका छन्। 

लकडाउनले तमोर करिडोरको धनकुटाको मुलघाटदेखि पाँचथरको नावाखोलासम्म कार्यरत ४५ जना मजदुर रोकिएका हुन्। मजदुरहरु झापा, मोरङ, सुनसरी, इलाम, उदयपुर र पाँचथरका रहेको सो खण्डका सुपरभाइजर रोशन भण्डारीले बताए। सो खण्डमा रौता कन्ट्रक्सन प्रालि काम गर्दै आएको छ। 

लकडाउनका कारण काम रोकिएको र मजदुरलाई घर जान भनिएको भण्डारीले बताए। काम नभएपछि रासन पनि सकिएर भोकै बस्नुपर्ने अवस्था आएको मजदुरहरले बताएका छन। भण्डारीले गाउँमा खाना समेत पाइन छोडेको बताए। खर्च सकिँदै गएपछि मजदुरहरु विचल्लीमा परेका हुन्। 

यता धनकुटाका प्रमुख जिल्ला अधिकारी केशवप्रसाद बिमलीले अलपत्र परेका मजदुरलाई खाद्यान्न उपलब्ध गराउन सकिने तर धेरै ठाउँका मजदुर भएकाले पठाउन नसकिने बताए। उनले ठेकेदार कम्पनीले पछि मजदुरको तलबबाट तिर्ने गरी खाद्यान्न उपलब्ध गराइने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.