|

बैतडी : बैतडीसँग सीमा जोडिएको भारतको झुुलाघाटमा चार दिनदेखि अलपत्र १८६ जनाको उद्धार गरिएको छ।  

लकडाउनपछि मंगलबारदेखि सीमानाका झुुलाघाटमा अलपत्र परेका सुदूरपश्चिमका विभिन्न जिल्लाका नागरिकहरुको शुुक्रवार मध्यराति उद्धार गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए। उद्धार गरिएकामा  बैतडीका विभिन्न स्थानीय तहका साथै बझाङ र डडेल्धुराका नागरिक रहेका छन्।  उनीहरुलाई  क्वारेन्टाइनमा राख्ने गरी सम्बन्धित स्थानीय तहको जिम्मा लगाइएको भट्टले बताए।

भारतको पिथौरागढका डिएमलाई अनुरोध गरेपछि अलपत्र नेपालीको उद्धार भएको बैतडीका प्रमुुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए। उद्धार गरिएका नागरिकलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्न अनुुरोध गरिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.