|

कोरोना (कोभिड–१९) भाइरस संक्रमणका कारण अहिलेसम्म विश्वमा २७,३६५ जनाको ज्यान गएको छ। अहिलेसम्म इटली र स्पेनमा भएको मानवीय हताहतीको संख्या कूल क्षतिको ५२.१४ प्रतिशत हुन आउँछ।

कोरोना संक्रमणका कारण इटलीमा सबैभन्दा धेरै ९,११४ जनाको ज्यान गइसकेको छ। यस्तै स्पेनमा ५,१३८ जनाको मृत्यु भएको छ। यी दुई देशमा मात्रै १४,२७२ जनाले ज्यान गुमाइसकेका छन्। पछिल्लो २४ घण्टामा मात्रै इटलीमा ९१९ र स्पेनमा ७६९ जनाको ज्यान गएको छ। 

कोरोना संक्रमणका कारण हजारभन्दा बढीको संख्यामा मानवीय क्षति ब्यहोर्ने देशहरुको संख्या ६ पुगेको छ। अहिलेसम्म अमेरिकामा १७०१, इटलीमा ९१३४, चीनमा ३,२९५, स्पेनमा ५,१३८, फ्रान्समा १,९९५ र इरानमा २,३७८ जनाको ज्यान गइसकेको छ। अमेरिकामा सबैभन्दा बढी १,०४,२०५ जना संक्रमित भेटिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.