|

काठमाडौं : नेपाल एयरलाइन्सको एउटा विमानस्थल नेपालगञ्‍ज विमानस्थलमा चिप्लिएर दुर्घटनामा परेको छ। धावनमार्गबाट चिप्लिएको जहाज विमानस्थलको घाँसे मैदानमा पुगेर अड्किएको छ। 

काठमाडौंबाट औषधि र चिकित्सक बोकेर नेपालगन्ज उडेको नेपाल एयरलाइन्सको ट्‍विनअटर विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेको हो। 

धावनमार्गबाट विमान चिप्लिएर घाँसे मैदानमा पुगेको विमानमा सवार चालकदलका तीनजना सदस्य र यात्रुका रुपमा पुगेका दुईजना चिकित्सक सुरक्षित रहेको नेपालगञ्‍ज विमानस्थल कार्यालयले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.