|

मनाङ : कोरोना भाइरस (कोभिड १९)को संक्रमणलाई न्यूनीकरण गर्न मनाङमा कीटनाशक (डिसइन्फेक्टेड) औषधि छर्कन सुरु गरिएको छ। मनाङको सदरमुकाम चामेमा विदेशी पर्यटकलाई गन्तव्यतर्फ पठाएलगत्तै शनिबारदेखि चामे क्षेत्रमा औषधि छर्किन थालिएको प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले बताए। 

पौडेलका अनुसार कोरोना संक्रमणको जोखिमलाई केही हदसम्म न्यूनीकरणका लागि यो प्रयास गरिएको हो। विश्वका विभिन्न देशबाट जिल्लामा पर्यटक आएका हुँदा जोखिम बढेको भन्दै औषधि छर्किएको पौडेलले जनाए।  अहिले मनाङका भीडभाड हुने चोक तथा बजार क्षेत्रमा कीटनाशक औषधि छर्किइको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बद्री आचार्यले बताए। 

उनका अनुसार ३÷४ दिनसम्म लगातार औषधि छर्किइनेछ। मनाङको चामे, नासों र ङिस्याङ गाउँपालिकाका मुख्य बजार क्षेत्रमा औषधि छर्किने काम भइरहेको छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.