|

अहिले विश्वभर कोरोना भाइरस (कोभिड-१९) को महामारी उत्कर्षमा छ। यसबीचमा विश्वभरका नामुद खेलकुद हस्तीहरू कोरोनासँग लड्नका लागि भन्दै अर्थ संकलनमा व्यस्त छन्।

धेरै खेलाडीहरूले अरबौँ संकलन गरेको समाचार सार्वजानिक भइरहँदा भारतीय लिजेन्ड क्रिकेटर महेन्द्रसिंह धोनीको भने चर्को आलोचना भएको छ। उनले एक संस्थालाई केवल एकलाख मात्रै सहयोग गरेको भन्दै उनको चर्को आलोचना भएको हो। 

कोरोना भाइरसका कारण विश्वभरमा अहिले गरिबीको अवस्था दयनीय बनेको छ। गरिबका लागि मद्दत गर्नका लागि अहिले विभिन्न संस्थाहरूले सहयोगका लागि प्रयास गरिरहेका छन्। यसैबीचमा भारतमा पनि लकडाउनका कारण अवस्था संकटपूर्ण छ।

दैनिक ज्याला गरेर छाक टार्ने मञ्जदुरको अवस्था दयनीय बन्दै गएको छ। यसबीचमा पुनेस्थित एक संस्थालाई महेन्द्र सिंह धोनीले एकलाख भारतीय रुपैयाँ सहयोग गरेको समाचार सार्वजानिक भएसँगै उनको आलोचना भएको हो।

समर्थकले ८ सय करोड आय भएका धोनीले एकलाख मात्रै सहयोग गर्नु लज्जास्पद भएको बताएका छन्। उनको सामाजिक सञ्जालमा खुलेर आलोचना भएपछि धोनी पत्नी साक्षीले भने भारतीय मिडियाको आलोचना गरिन्। उनले झुटा समाचारका कारण समर्थकलाई भड्काएको आरोप लगाएकी छन्। उनले समाचारमा सत्यता नभएको पनि दाबी गरिन्।

उनले ट्वीट गर्दै भनेकी छन्, ‘म सबै सञ्चारमाध्यामलाई यो सम्बेदनशील घडीमा गलत समाचार संप्रेषण नगर्न आग्रह गर्छु। यस्तो समाचार संप्रेषण गर्न लाज लाग्नु पर्ने हो। मलाई आश्चर्य लागेको छ जिम्मेवार पत्रकारिता गायब हुँदै गएकोमा।’ धोनीले भने कुनै प्रतिक्रिया दिएका छैनन्।

सचिनको ५० लाख सहयोग

भारतीय मास्टर ब्लास्टर सचिन तेन्दुलकरले भने कोरोनासँग लड्नका लागि ५० लाख दान गर्ने निर्णय गरेका छन्। 

सचिनले अहिले विश्व सोचे भन्दा फरक अवस्थाबाट गुज्रिएको र भारत पनि त्यही अवस्थाको सिकार भएको भन्दै सबैलाई सहयोग गर्न पनि आग्रह गरेका छन्। त्यस्तै पूर्व कप्तान तथा विसिसीआई अध्यक्ष सौरव गांगुलीले पनि ५० लाख बराबरको चामल डोनेट गरेका छन्। त्यस्तै सौराष्ट्र क्रिकेट एशोसिएसनले पनि २१ लाख नगद दिने निर्णय गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.