|

संयुक्त राष्ट्रसघंका विभिन्न देशमा खटिएका ८६ कर्मचारी पनि कोरोना भाइरसबाट संक्रमित भएका छन्। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको शिकार अन्तर्राष्ट्रिय सहयोगी संस्थाका कर्मचारीहरू पनि भएका हुन्।

राष्ट्रसंघका प्रवक्ता स्टेफन डुजारिकका अनुसार संक्रमित मध्ये अधिकांश युरोपेली मुलुकमा खटिएका कर्मचारी रहेका छन्। त्यसैगरी अफ्रिका, एसिया, मध्यपूर्व र अमेरिकामा खटिएका केही कर्मचारी पनि संक्रमित भएका छन्। 

बिरामी भएका मध्ये अधिकांश सामान्य अवस्थामा रहेको पनि उनले जानकारी दिए। उनीहरूले घरबाटै काम गरिरहेको पनि प्रवक्ता डुजारिकको भनाई छ। 

राष्ट्रसंघको जेनेभास्थित कार्यालयमा झन्डै चारहजार कर्मचारी मध्ये बिहीबार ७० जनाले कार्यालयमा रहेर काम गरेका थिए। त्यसैगरी भियनामा ९७ प्रतिशतभन्दा बढी राष्ट्रसंघका कर्मचारीले अहिले नियमित रुपमा टाढा बसेर काम गरिरहेका छन् भने अडिस आबाबा र इथोपियाका ९९ प्रतिशत कर्मचारीले घरमै बसेर काम गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.