|

बैतडी : कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेपछि बैतडीबाट प्रकाशित पत्रपत्रिका बन्द भएका छन्। 

पत्रिकाबाट पनि कोरोनाको संक्रमण हुनसक्ने जोखिमलाई मध्यनजर गरी दैनिक तथा साप्ताहिक पत्रपत्रिकाको प्रकाशन अनिश्चितका लागि बन्द गरिएको पत्रकार महासंघ बैतडीका अध्यक्ष प्रेम भाटले जानकारी दिए।

लकडाउनको समयमा ग्राहकसामु पत्रपत्रिका पु¥याउन पनि समस्या हुने तथा पत्रिकाबाट पनि एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्नसक्ने भन्दै प्रकाशन बन्द गरिएको उभाटले बताए । यद्यपि, एफएम रेडियोहरुले भने सञ्चालनमै रहेको छन्।

लकडाउनमा कडाइ 

बैतडीमा लकडाउनलाई कडाइका साथ लागु गरिएको  छ। जिल्ला प्रहरी कार्यालयले लकडाउन उल्लंघन गर्ने व्यक्तिलाई नियन्त्रणमा लिन थालेको  छ। 

लकडाउनका बेला अनावश्यक रुपमा शनिबार घरबाहिर ननिस्किन प्रशासनको आग्रहलाई अटेरी गरी हिँड्डुल गरिरहेका चारजनालाई  नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए। उनीहरुलाई कानुन बमोजिम कारबाही हुने उनले बताए।

यस्तै, शुक्रबार एक सवारीसहित आठजनालाई नियन्त्रणमा लिएको थियो। लकडाउनका बेला अनावश्यक रुपमा हिँड्डुल नगर्न बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले अनुरोध गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.