|

म्याग्दी : म्याग्दीको छिमेकी जिल्ला बागलुङमा बेल्जियमबाट आएकी एक युवतीमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएपछि म्याग्दीको बेनी नगरपालिका १ रत्नेचौरले बागलुङ जोड्ने नाका पूर्णरुपमा बन्द गरेको छ।

 बागलुङ नगरपालिका ४ कुडुलेमा रहेको आफ्नै घरमा रहेकी १९ वर्षीया ती युवतीलाई संक्रमण देखिएपछि कुडुलेसँग सिमाना जोडिएको रत्नेचौरसमेत उच्च जोखिममा परेको भन्दै बागलुङ जोडिने सडक तथा पैदलमार्गसमेत बन्द गरिएको बेनी नगरपालिका १ रत्नेचौरका वडाअध्यक्ष टेकबहादुर रावलले जानकारी दिए।

‘सडक तथा पैदलमार्ग ठाउँठाउँमा पूर्णरुपले बन्द गरेका छौं,केही दिनमा आवतजावतमा पूर्ण रोक लगाउँछौं’अध्यक्ष रावलले भने। उनले बागलुङबाट दुध,तराकारी लिन आउनेसँगै फुर्सदमा घुम्न समेत आउने गरेको अवस्थामा आवतजावत नै ठप्प पार्नुपर्ने अवस्था आएको बताए।

कुडुलेबाट रत्नेचौरमा धेरै आवतजावत हुने भएकाले सम्भावित जोखिमलाई मध्यनजर गरी प्रहरी चौकीमार्फत नाकाम नियमित गस्ती सहितको योजना रहेको बताइएको छट। रत्नेचौर–कुडुले जोड्ने पक्की पुल,सारेमारे,ढोडेनी खोलामा समेत बन्द गरिएको छ ।

‘रत्नेचौरवासीले बागलुङमा कुनै काम परेमा मालढुङ्गाबाट जानुहोस्,जोखिम मोलेर बाटो खोल्न सकिदैन’भानु माबिका प्रध्यानाध्यापक भरत खत्रीले बताए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.