|

धनकुटा : लकडाउनका कारण काममा जान नसकेका धनकुटाको जोरपाटी, सिधुवा र चित्रे बजारका विपन्न मजदुरलाई युवा संघ नेपालका केन्द्रीय सदस्य बलदीप राईले खाद्यान्न वितरण गरेका छन्। 

दैनिक ज्यालादारी गरेर परिवार पाल्दै आएका छथर जोरपाटी गाउँपालिकाको  जोरपाटीका १२, सिधुवाका चार र धनकुटा र तेह्रथुमको सिमाना चित्रे बजारका १० घरका अति विपन्न परिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरेका हुन्।

राईले प्रतिव्यक्ति पाँच किलो चामल, आधा लिटर तेल, एक किलो दाल, एक किलो नुन, दुईवटा चाउचाउ र एउटा साबुन प्रदान गरेका छन्। छथर जोरपाटी गाउँपालिकाका अन्य विपन्न परिवारको खोजी गरी राहत वितरण गर्ने तयारीमा रहेको उनले बताए।

धनकुटाका सात वटै स्थानीय तहले भने लकडाउनले प्रभावित विपन्न परिवारलाई राहत वितरण गरेका छैनन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.