४४ स्थानमा क्वारेन्टाइन  र आइसोलेसनको व्यवस्था

|

धादिङ : कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा उपचारका लागि धादिङका विभिन्न स्थानीय तहरुमा ४४ स्थानमा ६३३ बेडको क्वारेन्टाइन र ३२ बेडको आइसोलेसन निर्माण गरिएको छ।

अधिकांश स्थानीय तहमा क्वारेन्टाइन र आइसोलेसनको व्यवस्था गर्नुका साथै स्वास्थ्यकर्मीहरुका लागि अत्यावश्यक पिपिई र स्वास्थ्य उपकरण समेत वितरण गरिरहेका छन्। अपुग उपकरण पनि जिल्लामा आउने क्रम जारी रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।

क्वारेन्टाइन र आइसोलेसन तयार भइसकेपछि अहिले जिल्लाका सबै स्थानीय सरकारहरु विदेशबाट फर्किएकाहरुको तथ्याङ्क संकलनमा जुटेका छन्।  तथ्याङ्क संकलनसँगै भारतलगायत अन्य देशबाट गाउँ फर्किएकाहरुलाई सम्भव भएसम्म घरमै सुरक्षित ढंगबाट क्वारेन्टाइनमा बसिदिन र घरमा बस्ने ठाउँ नहुनेहरुले पायक पर्ने स्थानमा गएर अनिवार्य क्वारेन्टाइनमा बस्नका लागि जिल्ला प्रशासन धादिङले अनुरोध गरेको छ।

अहिलेसम्म धादिङका विभिन्न स्थानमा बनाइएका क्वारेन्टाइनमा बस्नेको संख्या ४६ जना पुगिसकेको छ भने बजार क्षेत्रमा कीटनाशक औषधि छर्कने कार्य समेत सुरु भैसकेको छ।

धादिङको दुई नगरपालिका र ११ वटा गाउँपालिका गरी १३ स्थानीय तहमध्ये सबैभन्दा बढी क्वारेन्टाइन निर्माण थाक्रे गाउँपालिकाले गरेको छ। थाँक्रेमा १९ बेड क्षमताको आइसोलेशन वार्र्ड, २१० बेड क्षमताको क्वारेन्टाइन निर्माण भएको छ।

यसैगरी बेनिघाट रोराङ गाउँपालिकामा तीन बेड क्षमताको आइसोलेशन वार्ड र ३२ बेड क्षमताको क्वारेन्टाइन, धुनिबेसी नगरपालिकामा ५२ बेड क्षमताको क्वारेन्टाइन, गल्छी गाउँपालिकामा ५० बेड क्षमताको क्वारेन्टाइन, गजुरी गाउँपालिकामा २७ बेड क्षमताको क्वारेन्टाइन, सिद्धलेकमा १०, ज्वालामूखीमा १८, रुवीभ्यालीमा २४, खनियाबासमा ६०, त्रिपुरासुन्दरीमा २० बेड क्षमताको क्वारेन्टाइन निर्माण भएको छ । क्वारेन्टाइन निर्माण गर्ने अन्य गाउँपालिकामा नेत्रावतीडबजोङमा १० र गङ्गाजमुना गाउँपालिकामा ५० बेड क्षमताको क्षमता रहेको छ।

क्वारेन्टाइनसँगै जिल्लाका स्थानीय तहहरुले आइसोलेसन वार्डको समेत व्यवस्था गरेका छन्। जस्मा नीलकण्ठ नगरपालिकामा ७० र त्रिपुरासुन्दरी गाउँपालिकामा ५ बेड क्षमताको आइसोलेसन वार्ड निर्माण गरेको छन्।

शनिबारसम्म धादिङमा क्वारेन्टाइनमा बस्नेको संख्या ४६ पुगेको छ। जसमा नीलकण्ठ नगरपालिकाको क्वारेन्टाइनमा १८, गल्छी गाउँपालिकाको क्वारेन्टाइनमा १८ र नेत्रावती डबजोङ गाउँपालिकाको क्वारेन्टाइनमा १० जना व्यक्ति राखिएका छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.