|

कञ्चनपुर : भीमदत्त नगरपालिकामा कोरोना भाइरस संक्रमण (कोभिड १९) का शंकास्पद विरामी राख्नका लागि एकसय शय्याको क्वारेन्टाइन तयार गरिएको छ। महेन्द्रनगर नयाँ वसपार्कनजिक अनमी तथा सिएमए तालिम केन्द्र (आइसिएच) मा सय शय्याको क्वारेन्टाइन स्थापना गरिएको हो।

भीमदत्त नगरपालिकाकाले कोरोना संक्रमण फैलिएपछि नेपाली सेनासित समन्य र सहकार्य गरी क्वारेन्टाइन स्थापना गरेको हो। आइसिएचका प्रतिनिधिसहित नगरपालिका कार्यालयमा बसेको सरोकारवाला निकायको बैठकले कोरोना संक्रमितका लागि आइसिएचको एकसय शय्या भएको भवनमा क्वारेन्टाइने बनाउने निर्णय गरेको थियो।

नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले कोरोना संक्रमणको महामारीलाई मध्यनजर गरी नेपाली सेनाको सहयोगमा एकसय शय्याको क्वारेन्टाइन स्थापना गरिएको नगर प्रमुख सुरेन्द्र बिष्टले बताए। 

'विश्वव्यापी रुपमा कोरोनाको महामारी फैलिरहेको छ। पश्चिमी सीमा नाका कारण भीमदत्त नगरपालिकाको कोरोनाको उच्च जोखिममा छ' नगर प्रमुख विष्टले भने,'यो अवस्थामा कोरोना संक्रमित व्यक्ति भेटिएमा तत्काल राख्नका लागि क्वारेन्टाइन स्थापना गरिएको छ। यसमा नेपाली सेनासहित सरोकारवाला निकायको सहयोग छ।' 

'यदि कसैमा कोरोनाको संक्रमण देखिएमा तत्काल क्वारेन्टाइनमा राख्छौं। त्यसका लागि टीम तयारी अवस्थामा छ' उनले भने। नगर प्रमुख विष्टले कोरोना संक्रमणलाई मध्यनजर गरी थप स्थानमा क्वारेन्टाइन स्थापना गरिने जानकारी दिए। विभिन्न विद्यालयले क्वारेन्टाइन स्थापनाका लागि नगरपालिकालाई सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्।

नगरपालिकाले कोरोना संक्रमण रोकथामका लागि पश्चिमी सीमा नाका गड्डाचौकीमा हेल्थ डेस्क स्थापना गरी स्वास्थ्य जाँच गर्दै आएको छ। पश्चिमी सीमा नाकामा हालसम्म ६० हजार बढीको स्वास्थ्य जाँच गरिएको छ। सरकारले देशभर लकडाउन घोषणा गरिएको अघिल्लो दिन स्थानीय प्रशासनले कञ्चनपुरमा लक डाउन गरेको थियो।

लकडाउन गरिएपछि सीमा नाकाबाट आवागमन बन्द गरिएको छ। सीमा नाका बन्द गरिए पनि भारतबाट यात्रु आउने क्रम जारी रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.