शंकास्पद ४ जना क्‍वारेन्टाइनमा

|

ओखलढुंगा :  कोरोना भाइरस (कोभिड-१९) को त्रास बढेपछि ओखलढुंगाका जिल्ला सदरमुकामसहित ८ वटै स्थानीय तहमा ८८ शय्याको क्वारेन्टाइन बनाइएको छ। हाल रुम्जाटार अस्पतालमा १ र मोलुङ गाउँपालिकाको रामपुरमा ३ गरी ४ जना राखिएको छ। विदेशबाट फर्किएका व्‍यक्तिहरूलाई निगरानीसहित क्वारेन्टाइनमा राख्‍न थालिएको छ।

जिल्लाको मोलुङ गाउँपालिकाले १५, चिशंखुगढी गाउँपालिकाले १० र चम्पादेवीले ३० बेडको क्वारेन्टाइन तयार पारेका छन् भने जिल्ला सदरमुकाम ओखलढुंगामा २९ बेडको क्वारेन्टाइन तयार गरिएको छ। जसमा ओखलढुंगा क्याम्पसमा २५ शय्‍या र जिल्ला अस्पताल रुम्जाटारमा ४ शय्याको क्वारेन्टाइन निर्माण गरिएको छ। जिल्लाका दुई अस्पतालमा ८ बेडको आइसोलेसनसमेत तयार गरिएको छ।

जिल्लामा निर्माण गरएिका क्‍वारेन्टाइन अस्पतालबाहेक अन्यत्र सबै क्वारेन्टाइन शिक्षण संस्थामा तयार गरिएको छ।

अन्यत्र पूर्वाधार अभाव भएकाले बन्द शिक्षण संस्थाको पूर्वाधार प्रयोग गरिएको चिसंखुगढी गाउँपालिकाका अध्यक्ष निशान्त शर्माले बताए। पिपिई लगायतका सुरक्षा सामग्री खरिद गर्न सामग्री अभाव भएको उनको भनाइ छ।

क्वारेन्टाइनमा बेड तथा आवश्यक कपडा तयार गरिए पनि अन्य सुरक्षाका उपकरण मास्क, व्यक्तिगत सुरक्षा सामग्री पिपिई डिसइन्फेक्सन स्प्रेलगायत नभएको पनि उनले बताए।  अन्य स्थानीय तहले धमाधम क्वारेन्टाइन निर्माण गरिरहेको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.