|

काठमाडौं : विश्वभर कोरोना भाइरसको त्रास छ। सबै राष्ट्र यसप्रति सजग छन्। साथै सुरक्षित हुने विभिन्न उपायहरु पनि खोजिन थालेको छ। यसको औषधि पनि पत्ता लागिसकेको छैन। अन्तर्राष्ट्रियस्तरमा यसको औषधि र खोपको परीक्षण भइरहेको छ।

नेपाल सरकारले कोभिड-१९ को रोकथामको लागि लकडाउनको घोषणा गरिसकेको छ। व्यापक रुपमा यसको संक्रमण फैलन नदिनको लागि रोकथामको तयारी गरेको हो। नेपालमा पाँच जनामा कोभिड(१९ )देखिएको छ। एक जनाको उपचार भएर ठिक भएको छ र थप अन्य चार जनाको उपचार भइरहेको छ।

यतिबेला देशको सबैभन्दा ठूलो नगरपालिका काठमाडौं महानगरपालिकाले दैनिक जसो भिडभाड हुने क्षेत्रमा डिसइन्फेक्सन स्प्रे औषधि छर्किन थालेको छ। जसको कारण भिडभाड बढी हुने ठाउँमा सामान्य किसिमका भाइरसको रोकथाम र हावाको माध्यमबाट त्यस्ता विषाणुको सक्रियता नबढोस् भनेर महानगरपालिकाले औषधि छर्कन थालेको हो ।

औषधिले छर्केको आठदेखि दश घण्टासम्म प्रभाव पार्ने काठमाडौं महानगरपालिकापालिका नगर प्रहरी प्रमुख धनपति सापकोटाले जानकारी दिए। हावामा रहेका र सतहमा देखापर्ने जस्तोसुकै किटाणुलाई यसले असर गर्ने उनको दाबी छ। पानी शुद्बताको लागि प्रयोग गरिने औषधि क्लोरिनको प्रयोग गरिएको उनले जानकारी दिए।  अष्ट्रेलियामा समेत यही औषधि प्रयोग गरिरहेको उनको दाबी छ।

विश्वभरि बिषाणु नष्ट गर्नको लागि यही औषधिको प्रयोगमा ल्याइरहेको उनले बताए। मानव स्वास्थ्यमा यसले कुनै असर नगर्ने उनको दाबी छ। अन्य औषधि जस्तो हानिकारक नभएको उनकको विश्वास छ। क्लोरिनको मात्रा बढाएर औषधिको रुपमा छर्किरहेको उनले थाहाखबरसँग कुरा गर्दै प्रष्ट पारे। 

डा. पाण्डे भन्छन् : तापक्रम बढ्दै जाँदा आफैँ निष्क्रिय 

कोरोना भाइरस तापक्रम वृद्बि हुँदै गएपछि आफैँ निष्क्रिय हुने र वातावरणअनुसार पनि यसको प्रभाव रहने भएकोले किटनाशक औषधिले न्यूनीकरण गर्न सहयोग गर्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डे बताउँछन्।

विषाणु सक्रिय हुनमा मुख्य जिम्मेवार वातावरण हुने उनले धारणा व्यक्त गरे। हाल प्रयोग गरिरहेको औषधि भाइरसको क्षय गर्नको लागि एकदमै प्रभावकारी हुने उनले बताए। 

उपत्यकाको वातावरण अझ जोखिम रहको उनले बताए। उनले भने, 'भाइरसको महामारी देख्दा मात्र औषधि छर्कन हुँदैन। यो सधैंभरि छर्कदा पनि उपत्यकाबासी प्रदूषणको जोखिमबाट बच्‍न सक्छन्।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.