एकै दिन सातजनाले ज्यान गुमाए

|

एजेन्सी : विश्वव्यापी महामारी बनिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पछिल्लो समय भारतमा फैलँदो क्रममा छ। 

आइतबारसम्म भारतमा यसको संक्रमणका कारण ३० जनाको ज्यान गइसकेको छ भने एक हजार ८३ जना संक्रमित फेला परिसकेका छन्। र, यो बढ्ने क्रम जारी छ। 

आइतबार मात्रै भारतमा यसको संक्रमणबाट ४ जनाको ज्यान गइसकेको छ। पछिल्लो पटक मुम्बईमा एक ४० वर्षीया महिलाको मृत्यु भयो। उनी उच्च रक्तचापकी बिरामी थिइन्। 

बुलढाणामा भएको एक ४५ वर्षीय एक व्यक्तिको कोरोना संक्रमणकै कारण मृत्यु भयो। उनमा सुरुमा निमोनिया भएको बताइएको छ। उपचारकै क्रममा आइतबार उनको मृत्यु भएको हो। 

त्यस्तै आइतबारै अहमदावादका एक ४५ वर्षीया पुरुषको निधन भएको छ। उनी भने मधुमेहका बिरामी भएको पाइएको छ। त्यसैगरी गुजरातमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ पुगेको छ। जम्मु कश्मिरमा पनि एक ६२ वर्षीय वृद्धको आइतबारै ज्यान गएको छ। डाक्टरहरुले बताएअनुसार उनमा मिर्गौलासम्बन्धी समस्या थियो। 

भारतमा कोरोनाबाट मर्नेमा प्रायः ५० वर्षमाथिका छन्। यद्यपि त्यसभन्दा मुनिका ज्यान गुमाउनेमा कुनै न कुनै पुरानो रोग देखिएको छ। 

यसले कु पुष्टि गर्छ भने, कोरोना भाइरस संक्रमणले तिनलाई ज्यादा आक्रमण गर्छ, जो कोही न कोही पुरानो रोगले ग्रस्त छन् या तिनमा रोगप्रतिरोधात्मक क्षमता निकै कम छ।  

भारतमा सबैभन्दा बढी महाराष्ट्रमा कोरोना संक्रमण बढी फैलिएको र मृत्यु हुने दर पनि बढिरहेको छ। हालसम्म महाराष्ट्रमा यसको संक्रमणबाट ८ जनाको ज्यान गइसकेको छ। 

तीमध्ये दुईजना मात्रै ४५ वर्षभन्दा कम उमेरका छन्। बाँकी ६ जना ६२ वर्षको उमेरभन्दा बढी रहेको भारतीय स्वास्थ्य मन्त्रालयले निकालेको प्रतिवेदनमा बताइएको छ। कोरोना संक्रमणबाट महाराष्ट्रमा ज्यान गुमाउने ती दुई व्यक्तिमा पनि जटिलखाले पुरानै रोग भएको पाइएको छ। 

त्यस्तै शनिबारै केरलामा पनि ६९ वर्षीय एक वृद्धको मृत्युले दक्षिण भारत पनि यसबाट त्रसित बनेको छ। कोरोना भाइरसबाट केरलामा एक जनाले ज्यान गुमाएपछि विस्तारै यसको संक्रमण भारतका दक्षिणी भूभागमा पनि सर्दै गएको देखिएको छ। 

त्यस्तै तेलंगना पनि यसको संक्रमणबाट पहिलो मृत्यु भएको छ। शनिबार ७५ वर्षीय एक वृद्धको मृत्युसँगै तेलंगनामा पनि यसको संक्रमण फैलँदै गएको त्यहाँका स्वास्थ्य अधिकारीहरुले बताएका छन्। 

१० हजार भेन्टिलेटर किन्दै

आइतबार मात्रै भारतभर कोरोना संक्रमणका कारण ७ जनाको ज्यान गएपछि भारतीय स्वास्थ्य मन्त्रालयले देशभर १० हजार भेन्टिलेटर खरिद गर्ने निर्णय गरेको छ। 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता लव अग्रवालले भने, ‘हामी भेन्टिलेटरको कमी हुन नदिन १० हजार भेन्टिलेटर खरिदको तयारीमा छौं, मलाई लाग्छ यसले हामी कोरोना संक्रमितको उपचारमा समस्या पर्न दिने छैनौं।’ साथै भारतीय इलेक्ट्रोनिक्स लिमिटेडले ३० हजार भेन्टिलेटर तयार गर्ने फैसला गरिसकेको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.