|

इटालियन क्लब युभेन्टसले खेलाडीलाई तीन महिनाको तलब दिन रिजाएको छ। इटालियन क्लब युभेन्ट्सका खेलाडी तथा अफिसियलहरूले आफ्नो चार महिनाको तलब कटौती गर्न सहमति दिएपछि क्लबले केही राहत महसुस गरेको छ।

कोरोनाभाइरसका कारण इटालीको फुटबललगायत सबैखाले गतिविधि अहिले ठप्प भएपछि क्लबहरू धरासायी बनिरहेका छन्। जसको कारण क्लबले खेलाडीलाई सहयोगका लागि आग्रह गर्दै आएको थियो।

तलब कटौती गर्ने सहमति भएसँगै क्लबलाई ९० मिलियन युरो करिब एक अर्ब ४३ करोड राहत भएको छ। तलब कटौती गर्ने प्रस्तावमा मुख्य प्रशिक्षक माउरिजियो सारी र स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले सहमति दिएपछि क्लब बढ्दो संकटसँग जुध्नका लागि सक्षम हुने विश्वास गरिएको छ।

अब खेलाडीले मार्च, अप्रिल, मे र जुनको तलब लिने छैनन्। युरोपमा कोरोनाबाट सबैभन्दा बढी इटालीका जनता संक्रमित भएका छन्।

इटालीमा अहिलेसम्म १० हजार बढीको मृत्यु भइसकेको छ। इटालियन सिरि एको साविक विजेता युभेन्ट्सका तीन खेलाडीलाई कोरोना भएको पुष्टि भइसकेको छ। डानिले रुगानी, ब्लासी माटुइडी र पाउलो डिबालालाई कोरोना भएको थियो।

तीनै जनाको स्वास्थ्यमा सुधार आइसकेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.