|

पर्सा : विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमण नेपालमा मुलुक बाहिरबाट आएकाबाट देखा पर्न थालेपछि सीमावर्ती तीन जिल्लाका जनप्रतिनिधि तथा सुरक्षा संयन्त्रसँग नेपाली सेनाले यहाँको वास्तविकता बुझ्ने प्रयास गरेको छ।

मुलुकको हरेक विपतिमा अग्रणी मोर्चामा रहेर कार्य सम्पादन गर्दैै आएको नेपाली सेनाले कोभिड १९ को विपदमा पनि थप दायित्व निर्वाह गर्नुपर्ने आँकलन गरी वास्तविकता बुझ्ने प्रयास गरेको हो।

सीमावर्ती जिल्ला पर्सा, बारा र रौतहटमा भारत तथा तेस्रो मुलुकबाट आएका व्यक्ति को कहाँ छन्? भन्ने निर्क्यौल नेपाली सेनाले गर्न चाहेको छ। अहिलेसम्म स्थानीय जनप्रतिनिधिले के कति बाहिरबाट आएकाको पहिचान भयो र संक्रमण न्यूनीकरणमा के कस्तो काम गरेको छ? भनी बाराको जितपुरस्थित नेपाली सेनाको २२ नम्बर बाहिनीले उनीहरूसँग जिज्ञासा राख्दै समन्वय गर्न थालेको छ। 

आइतबार तीन जिल्लाका स्थानीय सरकार प्रमुख र सुरक्षाकर्मीसँग नेपाली सेनाको बारा जितपुरस्थित २२ नम्बर बाहिनीले छलफल कार्यक्रम आयोजना गरेकाे थियो।छलफल कार्यक्रममा सहभागीले कोरोना संक्रमण न्यूनीकरण गर्न अहिलेसम्म स्थानीय पालिकाहरूले चालेका कदम र बाहिरबाट आएकाको पहिचानबारे थप प्रष्ट हुन आवस्यक रहेको बताए।  

छिमेकी तथा तेस्रो मुलुकबाट भित्रिएकाको पहिचान तथा सुरक्षित व्ययवस्थानका विषयमा तपाइँहरूले के गर्दै हुनुहुन्छ? बाराको जितपुरस्थित नेपाली सेनाको २२ नम्बरका बाहिनीपति अनुपजंग थापाले सहभागी सामु जिज्ञासा राखेका थिए। उनले बाहिरबाट आएका व्यक्तिको पहिचान गरी क्वारेनटाइनमा राख्ने व्यवस्थापन गर्न र उनीहरूबाट संक्रमण फैलिन नदिन त्यस्ता व्यक्तिको पहिचानका लागि जोड दिनुपर्ने पनि बताए।

कोरोनाविरुद्धको लडाइमा सबैभन्दा अगाडिको मोर्चामा उभिएका स्वास्थ्यकर्मी र उद्धारमा खटिने सुरक्षाकर्मीको सन्दर्भमा गरिदै गरेको कामको सन्दर्भमा पनि बाहिनीपति थापाको जिज्ञासा थियो। गम्भीर छलफलमा वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीलगायतले स्वास्थ्यकर्मीको जीवन बीमा र आवश्यकताअनुसार उपचारका लागि आवश्यक उपकरणको प्रवन्ध स्थानीय निकायले पहल गरिरहेको बताए।

बाहिरबाट आएकाको सूची संकलनका लागि स्थानीय तहका कर्मचारी र जन प्रतिनिधिलाई परिचालन गरी स्थानीय सुरक्षा निकायसँग पनि सहयोग मागिएको उनीहरूको भनाइ छ। नगर प्रमुख सरावगीले पनि आफूहरू सकेसम्म चिकित्सकलाई आवश्यक पर्ने सामग्री र उनीहरूको सुरक्षाको लागि सह तर्क गरेयोग गर्न तयार रहेकाे बताए।

तिनै जिल्लाका सुरक्षा संयन्त्र प्रमुख र स्थानीय पालिका प्रमुखबीच भएको बिशेष छलफलमा लकडाउनको समयमा घरभित्र हुने सर्वसाधारणको समस्यालाई पनि मध्यनजर गरी विभिन्न कामहरु गर्दै आएको बताए। त्यसका लागि जिल्लास्थित सुरक्षा सम्यन्त्र र जनप्रतिनिधिबीचको सामन्वय जारी रहेको पनि सहभागीले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.