|

सुनसरी : अहिले विश्व मानव अस्तित्व जोगाउने ध्याउन्नमा छ। विश्वकै ध्याउन्नबाट अहिले नेपाल पनि अछुतो छैन।

कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सरकारले एक साताका लागि लकडाउनको घोषणा गरेको छ। आइतबार बसेको मन्त्रिपरिषदको बैठकले त्यसलाइए बढाएर चैत १५ सम्म पुर्याएको छ।

लकडाउनको यो अवस्थामा देशका प्रायः मानिसहरू घरभित्र अर्थात् होम क्वारेन्टाइनमा छन्। देश नै क्वारेन्टाइनमा रहेका बेला गाउँका किसानहरू भने आफ्नै कर्ममा व्यस्त छन्। अर्थात् गाउँका जनता यति बेला ‘होम क्वारेन्टाइनको’ सट्टा ‘खेत क्वारेन्टाइनमा’ व्यस्त छन्।

घर मात्र रहने जग्गा भएका सहरका जनतालाई खुवाउने खाद्यान्न उत्पादनको तयारीमा छन् गाउँका जनता। फलिसकेका बालीहरू सिमी, मुङ दाल र गहुँलगायतका बाली भित्र्याउन व्यस्त छन्।

परिवारका सदस्यहरू नै खेतमा पसेर काम गर्ने गर्दैछन्। कोही मकै जोत्दै छन्। केही परिवार सूर्यमुखी फुल गोडमेल गर्दैछन्। गाउँमा बस्ने प्रायको पेसा कृषि हो। त्यसैले घरमै खाद्यान्न सामग्री भएकाले हुनाले लकडाउनको असर पनि त्यत्ति छैन। परिवारकै सदस्यहरू खेतमा जाने हुँदा गाउँमा समय बिताउन त्यति असहज देखिँदैन।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.