शोभराजबारे आएको हल्ला सत्य होइन : जेलर

|

काठमाडौं : कोरोना भाइरस संक्रमणको जोखिमलाई ध्यान दिँदै केन्द्रीय कारागार सुन्धाराले तीन कैदीलाई रिहा गरेको छ। कोभिड-१९ उच्च जोखिम न्यूनीकरण गर्न जेलबाट भिड घटाउने रणनीतिअनुरुप एक वर्ष भन्दा कम सजाय पाएका कैदीलाई छाडिएको केन्द्रीय कारारगार सुन्धाराले जनाएको छ।

विश्‍वव्यापी महामारी फैलिएको कोभिड-१९ फैलिन नदिन सावधानी अपनाउँदै जिल्ला अदालत काठमाडौंको आदेश बमोजिम एक वर्षभन्दा कम समय कैद सजाय पाएकालाई छाडिएको केन्द्रीय कारागार सुनधाराका जेलर लक्ष्मीप्रसाद बास्कोटाले जानकारी दिए। 

थप ३० जनालाई रिहा गर्न अदालतमा प्रक्रिया अगाडि बढाइसकिएको उनले थाहाखबरलाई बताए। उनका अनुसार यो अवधिमा १५ कैदीबन्दी छुटन सक्छन्। कैदीबन्दीका आफन्तहरु सम्पर्कमा नआएका र पैसा बुझाउन नसक्दा ढिलो भइरहको छ।

लकडाउनका कारणले पनि आफन्त नआएका हुन सक्ने उनले बताए। हाल कारागारमा ३ हजार १ सय ३७ कैदीबन्दी छन्। पुरुष २ हजार ७ सय ३७ र महिला ४ सय कैदीबन्दी छन्।

कोभिड-१९ को सम्भावित संक्रमणप्रति सतर्कता अपनाउँदै उनीहरूलाई आफन्तसँग पनि भेट्न दिइएको छैन। 

शोभराजको प्रक्रिया बढाएको छैन

चर्चित कैदीबन्दी चार्ल्स शोभराजको कारागारबाट भने प्रक्रिया अगाडि नबढेको उनले जानकारी दिए। 'शोभराजले २०८० सालसम्म कैदी भएर रहने सजाय पाएको छन,' उनले भने,' सर्वोच्च अदालतमा पनि शोभराजको मुद्दा चलिरहेको छ।' 

शोभराजलाई पनि सरकारले रिहा गर्न लागेको चर्चा चलेपछि कारागारले उनलाई रिहा गर्ने कुनै योजना नरहेको जनाएको छ। कारागारबाट  शोभराजबारेमा कुनै पनि प्रक्रिया अगाडि नबढेको उनले बताए। 

'सरकारले गर्ने निर्णय हो', उनले भने, 'यसमा कारागार जिम्मेवार हुँदैन।' बाहिर आएको हल्ला सत्य नभएको पनि उनले स्पष्ट पारेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.