|

ताप्लेजुङ : कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न भन्दै ताप्लेजुङमा एक कैदीलाई छुटाइएको छ। चैत ७ गतेको सर्वोच्च अदालतको आदेशअनुसार उनलाई छुटाइएको कारागार प्रशासनले जनाएको छ।  

फुङलिङ नगरपालिका ७ का रमेश कुमार राईलाई सरकारी कागज किर्ते मुद्दामा जिल्ला अदालत ताप्लेजुङले १ वर्ष कैद र ९० हजार जरिवाना फैसला सुनाएको थियो। कार्यालय प्रमुख कुलेन्द्र खवासका अनुसार उनले ४ महिना ४ दिन कैद भुक्तान गरिसकेका थिए। 

बाँकी ७ महिना २६ दिन कैदवापतको दैनिक ३ सयका दरले ६२ हजार ६ सय रुपैयाँ धरौटी र फैसला बमोजिमको ९० हजार जरिवाना बुझाएर राई छुटेका हुन्। उनलाई सर्वोच्चको आदेशको बुँदा नं ६ बमोजिम मुलुकी फौज्दारी कार्याविधि संहिता २०७४ को दफा १५५ अनुसार जिल्ला अदालत ताप्लेजुङले धरौटीमा छाड्न आदेश दिएको थियो। 

उनीसँगै अन्य ४ जनाले पनि निवेदन दिएका थिए। उनीहरुको पनि प्रक्रिया अघि बढिसकेको कार्यालय प्रमुख खवासले जानकारी दिए। २५ जना क्षमताको ताप्लेजुङ कारागारमा हाल १ सय १९ कैदी र १७ जना थुनुवा गरी १ सय ३६ जना छन्। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.