|

काठमाडौं : हिमगिरी हाइजिन प्रालिले दुईहजार ६ सय ७५ बोतल स्यानिटाइजर नेपाल प्रहरीलाई हस्तान्तरण गरेको छ। 

सोमबार प्रालिका व्यापारिक संचालक कृष्ण बजाज र बजार व्यवस्थापक बसन्तमान श्रेष्ठले प्रहरी प्रधान कार्यालयमै गइ प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीलाई उक्त स्यानिटाइजर हस्तान्तरण गरेका हुन्। 

नेपालमा पनि कोरोना भाइरस (कोभिड १९) का संक्रमित फेला परिसकेका कारण सम्भावित जोखिमबाट बच्न नेपाल सरकारले लकडाउन लागू गरेको छ।

प्रालिका व्यापारिक संचालकले बजाजले लकडाउनमा अग्रपंतिमा वसी जोखिमको प्रवाह नगरी नागरिकको सेवामा सक्रिय नेपाल प्रहरीमा कार्यरत प्रहरी कर्मचारीलाई सर्वप्रथम सुरक्षित राखेमा मात्र आमनागरिकको पूर्ण सुरक्षा सम्भव हुने  बताए। त्यसैगरी प्रालिका बजार व्यवस्थापक श्रेष्ठले  नेपाल प्रहरीलाई स्यानिटाइजर हस्तान्तरण गरेर सहयोग गर्नु हाम्रो दायित्व समेच भएकाे बताए।

स्यानिटाइजर हस्तान्तरण कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक र वरिष्ठ प्रहरी अधिकृतहरूको समेत उपस्थिति रहेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.