जनस्वाथ्य अधिकृत भन्छन् :संक्रमण नदेखिए पछि राहत मिल्यो
जनस्वाथ्य अधिकृत भन्छन् :संक्रमण नदेखिए पछि राहत मिल्यो
बाँके : नेपालगन्जस्थित क्वारेन्टाइनमा रहेका १० जनाको टेकु प्रयोगशालामा पठाइएको स्वाब परिक्षणबाट संक्रमण पुष्टि भएन। प्रयोगशालाले उनिहरुलाई संक्रमण नभएको रिपोर्ट दिएको छ।
यसअघि १३ चैतमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएको ६ जनाको स्वाब रिपोर्ट पनि नेगेटिभ आएको थियो। जिल्ला स्वास्थ्य कार्यालयले यसअघि २, ८ र १२ चैतमा पनि पठाएको सात जनाको स्वाब रिपोर्ट पनि नेगेटिभ आएको थियो।
‘बाँकेबाट २३ जनाको थ्रोड स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो, ती सबैको रिपोर्ट नेगेटिभ आएको छ,’ जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख जनस्वास्थ्य अधिकृत धीरजंग शाहले भने, ‘रिपोर्ट शतप्रतिशत नेगेटिभ आएको छ, यसले धेरै राहत मिलेको छ।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।