|

सल्यान : सल्यानमा कोरोना भाइरसको सम्भावित संक्रमणमा अपनाउनुपर्ने पूर्वतयारी गरिएको छ। जुनसुकै समयमा पनि जोखिम आउन सक्ने भएकाले जोखिम न्यूनीकरण गर्न पूर्व तयारी गरिएको हो। 

सल्यान जिल्ला अस्पतालमा २० क्वारेन्टाइन र पाँच वार्डको आइसोलेसन तयारी गरिएको छ। यस्तै छत्रेश्वरी गाउँपालिकाले २३ , शारदा नगरपालिकाले २० र त्रिवेणी गाउँपालिकाले ३० शय्याका क्वारेन्टाइन निर्माण गरिसकेका छन्। 

छत्रेश्वरी गाउँपालिकाको दमाचौर स्वास्थ्यचौकी, जयचौर स्वास्थ्यचौकी र भोटेचौर स्वास्थ्य चौकीमा ५/५ वेड र प्राथमिक स्वास्थ्य चौकी लेखपोखरामा ८ वेडको क्वारेन्टाइन निर्माण गरिएको गाउँपालिका अध्यक्ष सन्तोष केसीको भनाई छ। 

शारदा नगरपालिकाले श्री त्रिभुवन जनमाध्यमिक विद्यालयमा २० शय्याको क्वारेन्टाइन निर्माण गरेको छ। यस्तै त्रिवेणी गाउँपालिकाले वडा १ जनता माध्यमिक विद्यालय काभ्रामा १२ शय्या, राधेश्याम मावि काराँगिठीमा १०, चण्डेश्वरी प्राविमा ८ शैया गरी ३० शय्याको क्वारेन्टाइन निर्माण गरेको छ। 

त्रिवेणी गाउँपालिकामा १५ र सल्यान जिल्ला अस्पतालमा ५ जना क्वारेन्टाइनमा बसी रहेका छन्। विदेशबाट घर फर्किएका व्यक्तिलाई सुरक्षित तरिकाले होम क्वारेन्टाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलको भनाई छ।

विदेशबाट आएकाको रेकर्ड राखिएको र अहिलेसम्म कोही पनि शंकास्पद अवस्थामा नरहेको उनको भनाई छ। जिल्लामा कोही शंकास्पद देखिएमा तत्कालै रुकुख चौरजहारी, तुलसीपुर र सुर्खेत पठाउने गरी तयारी गरिएको प्रजिअ पोखरेलले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.