|
फाइल फोटो

काठमाडौँः प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संकटको बेलामा भ्रष्टाचार गर्नेले उन्मुक्ति पाउन नहुने बताएको छ। कोरोना रोकथामका लागि चीनबाट ल्याएको स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता भएको भन्दै विरोध भइरहेका बेला कांग्रेसले यस्तो बताएको हो।  

कांग्रेसका प्रवक्ता विश्‍वप्रकाश शर्माले सामाजिक सञ्‍जा ट्‍विटरमार्फत संकटको बेलामा सहयोग गर्नु सबै दलको दायित्व भएको बताएका छन्। 

‘अख्तियारलाई स्मृति पत्र! संकटमा सरकारलाई साथ दिनु दल र नागरिकको दायित्व', उनले लेखेका छन्, 'तर साथ दिइरहँदा अनियमितता नोटिसमा लिन अख्तियारको दायित्व ध्यानाकर्षण। अहोरात्र जारी मेहनतलाई प्रोत्साहित गरौं, तर संकटको नाममा भ्रष्टाचारले उन्मुक्ति पाउनुहुन्‍न!’

संकटको बेलामा सबै दलहरु एकजुट भएर सरकारलाई सहयोग गर्नुपर्ने उनले प्रस्टाएका छन्।

तर, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सरकारले चीनबाट औषधिजन्य सामग्री व्यावसायीसँग प्रतिस्पर्धा गराएर ल्याइएकाले कुनै अनियमिता नभएको स्पष्टइसकेका छन्।

मन्त्रालयमा सोमबार सरकारी सञ्चारमाध्यमसँग कुरा गर्दै उनले रीतपूर्वक बोलपत्र आह्वान गरेर चीनबाट सामग्री ल्याइएको जिकिर गरेका थिए। 

महामारीको कारणले सामग्री किन्ने क्रममा केही महँगो हुन गएको उनको तर्क छ। महामारीका बेला अरु विषय नपाएर औषधिजन्य सामग्रीमा अनियमितता भयो भन्ने आशंका गरेर आफ्नो  चरित्र हत्या गर्न खोजिएको समेत बताएका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.