|

काठमाडौं :  काठमाडौं  स्बयम्भू क्षेत्रमा  दैनिक ज्याला मजदुरी गरी  जिविकोपार्जन गर्ने १० परिवारलाई  राहत स्वरुप दैनिक उपभोग्य बस्तु वितरण  गरिएको छ ।

स्वयम्यू रहेको  द एक्सेल्सियर स्कुलले  लक डाउनको कारण रोजगारी गर्न नपाएका र यस बाट  प्रत्यक्ष असर परेको ज्याला मजदुरी गर्ने अति बिपन्न परिवारलाई राहत  स्बरुप चामल , दाल नुन साबुन तेल चिउरा लगायतका खाध्य सामग्री सहयोग गरिएको विद्यालयका निर्देशक राम बस्नेतले जानकारी दिए।  

कोरोना भाईरसको जोखिम कम गर्न नेपाल सरकारले गरेको लक डाउनबाट ज्याला मजदुरी गर्नेको दैनिकी कष्टकर बन्दै गएको बेला विद्यालयले सहयोग गरेको हो।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.