|

कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ८ मा रहेको बैजनाथ सामुदायिक वनमा मंगलवार रुख काटदै गरेको अवस्थामा दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा नरेश पातली र दिनेश साउद रहेका छन्।

पक्राउ परेका दुवै जनाबाट काटेको काँचो काठ र बन्चरो समेत बरामद गरिएको सामुदायिक वनका अध्यक्ष बहादुरसिंह महराले बताए। पक्राउ परेका दुवै जनालाई डिभिजन वन कार्यालय कञ्चनपुरमा बुझाइने उनले बताए।

दुवै जनामाथि प्रचलित वन ऐनअन्तर्गत कारवाही हुने बताइएको छ। जिल्ला लकडाउन भएको मौका छोप्दै दुवै जनाले वन क्षेत्रमा छिरेर काठ काटेको बताइएको छ । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.