|

गुल्मी : देश लकडाउनमा रहेका बेला वाडका जनताले के गरेका छन् र उनीहरूको स्वास्थ्य अवस्था कस्तो छ भन्दै स्वास्थ्य स्यमसेवीका सँगै घरमै वडा अध्यक्ष बुझ्न गएका छन्।

गुल्मीको चन्द्रकोट गाउँपालिका ६  हरेवाका वडा अध्यक्ष गोकर्ण शर्मा वडा भित्रका प्रत्येक घरमा गई स्वास्थ्य अवस्था बुझ्दै मास्क वितरण गरेका छन्। उनले वडा भित्र करिब एक हजार ५०० मास्क वितरण गरेको बताएका छन्। 

वडा भित्रका जनताको स्वास्थ्यमा केही समस्या परेको छ वा उनीहरूलाई आवश्यक पर्ने दैनिक खाथ्य सामग्रीलगायत अन्य केही समस्या परेका छन् कि भनेर आफू जनताको घरदैलोमा गई कोरोना भाइरसबाट बच्नका लागि सचेतना अभियान लिएर प्रत्येक नागरिकका घरमा पुगेको उनले बताए। 

यस समय अवधिमा घरबाट बाहिर ननिस्कन, धेरै भीडभाडमा नजान, मास्कको प्रयोग गर्न र लकडाउनलाई पूर्ण रुपमा पालना गर्न आग्रह गर्दै  वडा भित्रका प्रत्येक नागरिकको घरदैलोमा पुगेको बताए। यदि कसैको घरमा खाध्यन्नको समस्या परेको छ भने त्यो पनि जानकारी गराउन आग्रह गर्दै आफू जनताको घरदैलोमा पुगेको शर्माले बताए। 

वडाका जनताको सुख दुःखमा सधै आफू साथमा रहेको भन्दै नआत्तिन र केही समस्या भएमा जानकारी गराउनका लागि आग्रह गर्दै स्वास्थ्यमा ख्याल राख्न आग्रह गरेको शर्माले बताए।

यसरी वडा अध्यक्ष घरमै स्वास्थ्य अवस्था बुझ्न र कोरोनाबाट बच्नका लागि स्वास्थ्य सन्देश लिएर घरमै आएर मास्क वितरण गर्दा आफूहरूको साथमा जनप्रतिनिधि रहेको अनुभूति गरेको स्थानीयले बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.