जहाँ बिरामी भेटिन्छ, त्यही उपचार हुन्छ

|

मुगु : कर्णाली प्रदेश सरकारले कर्णालीका १० वटै जिल्लाबाट करारमा कर्मचारी भर्ना गर्ने भएकोे छ। 

कर्णालीका तीन जिल्ला डोल्पा, हुम्ला र मुगुमा संघीय सरकारबाट प्राप्त स्वास्थ्य सामग्री हस्तान्तण गर्न मंगलबार मुगु पुगेका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरानाविरुद्धको युद्ध लड्न कर्णाली प्रदेश सरकारले तीन महिनाका लागि करारमा स्वास्थ्य कर्मचारी भर्ना गर्ने बताए।

उनले कोराना भाइरस (कोभिड १९ं) को युद्ध बिश्वले लडिरहेका बेला कर्णाली प्रदेशमा पनि कोरानाविरुद्धको लडाइँमा कर्णाली प्रदेश सरकार लडिरहेको बताए।उनले कोरानाबिरुद्ध लड्न प्रदेश सरकारले प्रदेशका १० वटै जिल्लामा रहेका स्वास्थ्य क्षेत्रमा अध्ययन गरी बेरोजगार रहेका सम्पूर्ण जनशक्तिलाई  करार भर्ना गर्ने र तीन महिनाका लागि भए पनि युवालाई रोजगारी दिने पनि बताए।

उनले भाइरसविरुद्ध कर्णाली प्रदेश सरकार बिशेष तयारीका साथ लागि परेको र क्वारेन्टाइन, आइसोलेसन वेड जिल्ला जिल्लामा तयारी पारी बाहिरबाट आएका व्यक्तिको विशेष निगारानी गरी क्वारेन्टाइनमा राख्ने गरेको बताए। विशेष गरी कर्णाली प्रदेशमा बिदेशबाट आउने भन्दा भारत गएका धेरै गाउँ भित्रिएका छन्।

मुख्यमन्त्री शाहीले भारतको पनि हिमाञ्चल प्रदेशमा कर्णालीका बासिन्दा कामको खोजीमा जाने भएकाले हिमाञ्चल प्रदेशमा कोरानाको भाइरस नफैलिँदै कर्णालीबासी नेपाल फर्किएकाले कोरानाको संक्रमण कर्णालीमा नदेखिएकाे बताए। उनले भने, 'यदि भए पनि भारतबाट आएका ब्यक्तिको खोजी गर्दै १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने गरेका छौं। कोराना भाइरसबिरुद्ध कर्णाली प्रदेश सरकार युद्ध नै सम्झेर लागि परेको छ।' उनले यसमा साथ दिन १० वटै जिल्लाका स्थानीय तहले पनि प्रदेश सरकारलाई सहयोेग गर्नुपर्ने बताए।

जहाँ बिरामी भेटिन्छ, त्यही उपाचार हुन्छ 

मुख्य मन्त्री शाहीले कर्णाली प्रदेशका १० वटै जिल्लामा जहाँ बिरामी भेटिन्छ त्यही उपचार गरेर ठिक पार्ने रणनीति कर्णाली प्रदेशको लिएको बताए। उनले भने, 'भूकम्प आएजस्तो बिरामीलाई जिल्ला अस्पताल ल्याउने होइन। जुन घरमा, जुन टोलमा, जुन गाउँ वडामा रोग फैलिन्छ। त्यही सम्पूर्ण जनशत्ति केन्द्रीत गरेर ठिक पार्ने योजनाका साथ कर्णाली प्रदेश सरकार लागि परेको छ। आँखाले नदेखिने भाइरससँग लड्न चुनौती छ।' उनले यो समय भीडभाडमा नबसी एकान्तमा होम क्वारेन्टाइनमा बस्ने समय भएको पनि बताए।

स्वाब परीक्षण गर्नु परेमा हेलिकोप्टर तैनाथ

मुख्य मन्त्री शाहीले ग्रामीण भेग यातायातको पहुँच नपुगेका स्थानबाट शंकास्पद बिरामीको स्वाब परीक्षण गर्नु परेमा हेलिकोप्टर प्रयोग गरिने बताए। उनले भने, 'कणालीबासीको बसोबास दुर्गम तथा विकट ठाउँमा छ। एक गाउँबाट अर्को गाउँसम्म पुग्न एक दिनसम्म लाग्छ। अझ जिल्ला अस्पतालहरूसम्म पुग्न २/३ दिनसम्म लाग्छ। गाउँमा कतै विरामी भेटिएमा उनीहरूको स्वाब परीक्षणका लागि लिन सडक पुगेका ठाउँमा एम्बुलेन्स र सडक नपुगेका ठाँउमा हेलिकोप्टर प्रयोग गरिने छ।'

युद्धबाट पछि नहट्न कर्मचारीलाई आग्रह

कोराना भाइरसको युद्ध लडिरहेका बेला कमंचारीलाई हार मानी पछि नहट्न मुख्य मन्त्री शाहीले आग्रह गरेका छन्। उनले सामग्री छैन भनेर पछि नहट्नु होला युद्धको मैदानबाट पछि हटे हार हुन सक्छ। साम्ग्री व्यवस्थमा सरकार लागि परेको पनि बताए। मुख्यमन्त्री शाहीले भाइरसका बिरुद्ध लड्ने स्वास्थ्य कर्मचारीलाई सत्तप्रतिशत तलब बढाउने र सुरक्षाकर्मीलाई ५० प्रतिशतका दरले तलबमा बुद्धि गर्ने पनि खुलासा गरे।

आएका सामग्री यस्ता छन्

डोल्पा, हुम्ला हुँदै मुगु आएर मंगलबार मुख्यमन्त्री शाही र सामाजिक विकासमन्त्री दलबहादुर रावलले नेपाली सेनाको हेलिकोप्टरमार्फत स्वास्थ्यकर्मीका लागि चाहिने सामग्री जिल्ला अस्पताललाई हस्तान्तण गरेका छन्। जस्मा सर्जिकल गाउन ८५, मास्क ३ हजार, डिस्पोजल गोल्लोब्स १८ सय, एन ९५ माक्स २५ पिस, ईन्फोथर्ममिटर १, हइान्डमेड गाउन ५०, भाईजर ५०, गगल्स चस्मा ५, सेनिटाइजर १०० एमएल १ बोतल र पम्पलेट ३ ठेली प्राप्त भएको मुगु जिल्ला अस्पताल विकास समितिका अध्यक्ष पारसमणि मल्लले बताए।

अहिले स्वास्थ्यकर्मीका लागि उपलब्ध गराएका सामग्री जिल्ला अस्पतालका लागि मात्र भएको र सबै स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीका लागि प्रदेश सरकारले हप्ता दिनभित्र सूचना गरेर स्वास्थ्य सामग्री खरिद गर्ने मुख्यमन्त्री शाहीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.