|

सोलुखुम्बु ः कोरोना संक्रमित युवतीसँगै एउटै विमानमा आएका सोलुखुम्बुका एक युवकको कोरोना नुमना परीक्षण रिर्पोट नेगेटिभ आएको छ। 

कतार एयरवेजको उडान नम्बर क्युआर ६५२ बाट चैत ४ मा आएका युवकको कोरोना परीक्षण रिर्पोट नेगेटिभ आएको जिल्ला अस्पताल फाप्लुले जनाएको छ।

यस्तै, युएईबाट गत चैत्र ५ मा नेपाल आएकी तिङ्लाकी एक युवतीको पनि रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा नेगेटिभ रिपोर्ट आएको जिल्ला अस्पताल फाप्लुका निमित्त प्रमुख सानी शेर्पाले जानकारी दिइन्।  

सोलुदुधकुण्ड नगरपालिका ९ गोराखानीका युवक र वडा नम्बर ११ तिङ्लाकी युवतीको स्वाब परीक्षणका लागि गत आइतबार काठमाडौं पठाइएको थियो। 

यस्तै, वैदेशिक रोजगारीबाट आएका जिल्लाका अन्य १२ जना होम क्वारेन्टाइनमा बसेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख डिएसपी टेकुनन्द इवा लिम्बुले जानकारी दिए। प्रहरीको सक्रियतामा उनीहरुलाई चिकित्कसको प्रत्यक्ष निगरानीमा घरैमा राखिएको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.