|

काठमाडौं : कोरोना भाइरसको रोकथामका लागि खटिइरहेका चिकित्सक र अन्य स्वास्थ्यकर्मीले व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) अभावमा जोखिम मोलेरै सेवा दिइरहेका छन्।

पिपिई नहुँदा कोरोनाका सम्भावित बिरामीको पनि त्यतिकै जाँच्नु परिरहेको छ। तर, कपनस्थित करुणा अस्पतालले भने कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै आफ्ना सबै कर्मचारीहरुलाई ‘सेल्फ प्रोटेक्टिभ सुट’ प्रदान गरेको छ। यहाँका स्वास्थ्‍यकर्मीलगायत सबै कर्मचारीहरूले पिपिई प्रयोग गर्दै आएका छन्। पिपिई कुनै एकपटक मात्रै प्रयोग गर्न मिल्ने कुनै पटकपटक प्रयोग गर्न मिल्ने गरी दुई प्रकारका हुन्छन्।

यतिबेला विश्‍व नै कोरोना भाइरसको त्रासमा छ। कोरोनाकै कारण मृत्यु हुनेको संख्या विश्वभर ४२ हजार नाघेको छ। अहिले विश्वमा ८ लाख ५८ हजार ७ सय ८५ मानिस सन्क्रमित छन्। नेपालमा पनि पाँच जनालाई कोरोना पोजेटिभ देखिएको छ।

 

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.