अरु कोरोनासँग जुध्दै, उत्तर कोरिया क्षेप्यास्त्र हान्दै

|

काठमाडौं : अमेरिकाको जोन हपकिन्स विश्‍वविद्यालयले कोरोना भाइरसको अपडेटका लागि विश्‍वकै सबैभन्दा ठूलो डाटाबेस तयार पारेको छ।

धेरैजसो सञ्चारमाध्यम र सरकारले यही विश्‍विद्यालयको तथ्यांक प्रयोग गरिरहेका छन्। विश्‍विद्यालयका अनुसार कोरोना भाइरस अहिलेसम्म विश्‍वका १८० देशमा पुगिसकेको छ। 

तर केही यस्ता देश छन् जहाँ एउटा पनि केश सार्वजनिक भएका छैनन्। यिनमा उत्तर कोरिया पनि सामेल छ। किम जोङ्ग उन सरकारका अनुसार त्यहाँ कोरोना भाइरसको कुनै खतरा छैन। न त अहिलेसम्म कुनै संक्रमित नै भेटिएका छन्। जबकि उत्तर कोरिया सीमा चीन र दक्षिण कोरिया जस्ता देशसँग जोडिएको छ। यी दुवै देशबाट कोरोना भाइरस विश्‍वभर फैलिएको छ।

जोन हपकिन्स विश्‍विद्यालयको ३१ मार्चसम्मको तथ्यांक अनुसार अफ्रिका महाद्वीपमा कयौँ देश यस्ता छन् जहाँ अहिलेसम्म कोरोना भाइरसको एउटा पनि केस सार्वजनिक भएको छैन। अन्य केही देशमा पनि अहिलेसम्म कोरोनाले इन्ट्री मारेको छैन। 

कोरोनाभाइरस नपुगेका देशमा बोत्सवाना, बुरुण्डी, तुर्कमेनिस्तान, तजाकिस्तान, यमन, कोमोरोस, मलावी, साओतोमे एण्ड प्रिन्सिपी, लिसोथो र दक्षिण सुडान छन्।

यसका अलावा  केही साना द्वीप पनि छन् जहाँ कोरोना भाइरस अहिलेसम्म पुगेका छैनन्। यीनमा। सोलोमन आइसल्यान्ड, भानुआटु हुन्। संयुक्त राष्ट्रसंको सदस्यकारुपमा विश्‍वमा १९५ देश छन्। 

उत्तर कोरियाको आफ्नै सुर

उत्तर कोरिया सरकारको दाबीमा केही विशेषज्ञहरुले प्रश्‍न पनि उठाइरहेका छन्। तर केहीले समर्थन पनि गरेका छन्। उत्तर कोरिया बाँकी विश्‍वसँग अलग रहेकाले त्यहाँ कोरोना भाइरस नपुगेको अनुमानलाई सही मान्‍न सकिन्छ। तर चीन र दक्षिण कोरियासँग सीमा जोडिएकाले कोरोना नपुगेको विश्‍वास गर्न पनि कठिन लाग्छ।

बाँकी विश्‍व कोरोना भाइरससँग जुधिरहँदा उत्तर कोरिया भने क्षेप्यास्त्र परीक्षणमा व्यस्त छ। उसले दुई दिनअघि मात्रै क्षेप्यास्त्र परीक्षण गरेको छ।

१३० देशमा मृत्यु

कोरोना भाइरस अहिलेसम्म १८० देशमा पुगिसकेको छ। यसबाट ८ लाख ५९ हजार मानिस संक्रमित भएका छन्। १३० देशमा ४२ हजार ३४१ मानिसले ज्यान गुमाएका छन्। एक लाख ७८ हजार मानिस सन्चो भएका छन्। सबैभन्दा धेरै १ लाख ८९ हजार अमेरिकामा संक्रमित छन्। सबैभन्दा धेरै १२ हजार ४२८ जना इटालीमा मरेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.