जिल्ला अस्पतालले पनि उपचार गर्ने

|

काठमाडौं : सरकारले कोरोना भाइरससँग सम्बन्धित बिरामीको उपचारका लागि विभिन्‍न अस्पताललाई तोकेको छ। स्वास्थ्य मन्त्रालयले विशेष, हब अस्पताल र जिल्ला अस्पतालमा कोरोनाको उपचार गरिने जानकारी दिएको हो। 

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यका भित्र ६ वटा अस्पतालमा कोरोना भाइरसबाट संक्रमितको उपचार हुनेछ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल, सशस्त्र प्रहरी अस्पताल, वीर अस्पताल, आयुर्वेद रिसर्च सेन्टर र सैनिक अस्पतालले विशेष अस्पतालका कोरोनाका बिरामीको उपचार गर्नेछन्। 

स्वास्थ्य मन्त्रालयले प्रदेशतर्फ पनि कोरोनाका बिरामीको उपचारका लागि अस्पताल तोकेको छ। मन्त्रालयका अनुसार प्रदेश १ मा झापास्थित मेची अस्पताल र उदयपुर अस्पताल, प्रदेश २ मा जनकपुर र बारा अस्पताल, बागमती प्रदेशमा भक्तपुर र सिन्धुली अस्पताल, गण्डकी प्रदेशमा धौलागिरी र गोरखा अस्पताले विशेष अस्पतालका रुपमा कोरोनाका बिरामीको उपचार गर्नेछन्। 

प्रदेश ५ मा लुम्बिनी र गुल्मीको तम्घास अस्पताल, कर्णाली प्रदेशमा सुर्खेत र दैलेख अस्पतालमा कोरोनाका बिरामीको उपचार हुनेछ। सुदूरपश्‍चिम प्रदेशमा सेती र महाकाली अस्पतालले कोरोनाका बिरामीको उपचार विशेष अस्पतालका रुपमा गर्ने भएका छन्। 

सरकारले यी बाहेक सबै प्रदेशमा हब अस्पताल पनि तोकेको छ। हव अस्तालका रुपमा तोकिएका अस्पताललाई सरकारले यसअघि नै १०/१० लाख रुपैयाँ निकासा गरिसकेको छ। हव अस्पतालका लागि डाक्टरसहितका स्वास्थ्यकर्मी पनि पठाइएको छ। मन्त्रालयका अनुसार सबै जिल्ला अस्पतालमा पनि कोरोनाका बिरामीको उपचार हुने छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.