|

सल्यान : जिल्ला अस्पताल सल्यानबाट कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ। रिपोर्ट नेगेटिभ आएपछि सल्यान अस्पतालमा क्वारेनटाइनमा भर्ना गरिएका तीन जनालाई वुधबार डिस्चार्ज गर्ने तयारी भइरहेको छ।

गत चैत १७ गते जिल्लाको बनगाड कुपिण्डे नगरपालिका १२ का २ जना र छत्रेश्वरी १ का १ जनामा उच्च ज्वरो देखिएपछि कोरोना परीक्षणका लागि स्वाब काठमाडौं पठाइएको थियो। 'रिपोर्टमा तीनै जनाको नेगेटिभ देखिएपछि आजै डिस्चार्ज गर्ने तयारी गरेका छौं', सल्यान अस्पतालका प्रमुख डा अर्जुन बुढाले भने।

चैत १० गते कामको शिलशिलामा भारतबाट घर आएका वनगाड कुपिण्डे १२ निगाल्चुला माझखर्क एक पुरुषलाई उच्च ज्वरो देखिएपछि उनकी श्रीमतीसहित सल्यान अस्पतालको क्वारेन्टाइनमा राखेर उपचार गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.