|

संखुवासभा : संखुवासभाको सभापोखरी गाउँपालिका बाट पाँच विदेशी पर्यटकको उद्दार गरिएको छ। सभापोखरी २ बाह्रेविसे मकालु हिमाल ट्रेकिङका लागि आएको ५ विदेशी पर्यटकलाई कैलाश एयरको हेलिकोप्टरद्वारा उद्धार गरिएको छ। 

कैलाश एयरको हेलिकोप्टरद्वारा अस्ट्रेलियाका २, क्यानडा २ र फ्रान्सका १ नागरिकलाई काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोश राईले जानकारी दिए। 

कोरोना भाइसरको संक्रमणबाट बच्न सरकारले लक डाउन गरेपछि विभिन्न देशका ५ पर्यटक सभापोखरी गाउँपालिकामै रोकिएका थिए। उनीहरूको नाम र  कहिले संखुवासभा आएका थिए भन्ने खुल्न नसकेको प्रहरी निरीक्षक राईले बताए। 

लकडाउनले यातायात साधन नचलेपछि उनीहरूले काठमाडौंबाट हेलिकोप्टर मगाएका थिए। 
                 


 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.