|

काठमाडौं : पूर्वाञ्चलका प्रसिद्ध साहित्यकार उपेन्द्र पागलको आज ७७ वर्षका उमेरमा निधन भएको छ। एक वर्षदेखि दमरोगबाट पीडित  पागलको आफ्नो जन्मस्थान सुनसरी, मधेशा ७  मा बुधबार निधन भएको हो। 

उनी निबन्ध, कथा, कविता, समालोचना र चित्रकलामा प्रसिद्ध थिए। उनका ११ कृति प्रकाशित छन्।  हाल उनले उराँव जातिका बारेमा लेख्दै गरेको  डा भीम खतिवडाले जानकारी दिए। उनको बुधबार नै इटहरीस्थित बूढीगङ्गाघाटमा दाहसंस्कार गरियो। उनका छ छोरी छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.