|

काठमाडौ : नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सिमानामा नेपाली अलपत्र पर्नुमा सरकार गैरजिम्मेवारी भएको बताएका छन्।

बिहिबार बिहान सामाजिक सञ्जाल ट्युटरमामार्फत सिमानामा खुला आकाशमुनि नेपाली अलपत्र पर्नुमा सरकारको गैर जिम्मेवारी भएको अभिव्यक्ति दिएका छन्।

उनले लेखेका छन्, नेपालभित्र प्रबेश गरिसकेका नेपालीहरुलाई सिमानामा अलपत्ररुपमा खुला बारीमा राखिएको खबर सत्य हो भने ज्यादै अमानवीय ,गैरजिम्मेवार र दुखस्द हो।उनीहरुलाई क्वारान्टिनमा राख्न कसैको आदेश चाहिदैन।तत्काल बिषेश क्वारानटिनमा राखौं।

विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणको त्रासले सरकारले सिमा नाका बन्द गरेपछि रोजगारीका लागि भारत गएका नेपाली अलपत्र परेका छन्। कोरोनाको त्रासले भारत सरकारले पनि २१ दिन लामो लकडाउन गरेको छ। त्यसैले भारतमा काम गर्न गएका नेपालीहरू अलपत्र परेका हुन्।

त्यसलगत्तै, अर्को ट्वीट गर्दै प्रवक्ता श्रेष्ठले सिमामा अलपत्र परेका नेपाली देशभित्र ल्यमउन व्यवहारीक रूपमा सम्भव नहुने भन्नुको अर्थ देशभित्र आइसकेकालाई सिमानामै खुल्ला आकाशमुनी राख्न नहुने  जिकिर गरेका छन्।

उनी लेख्छन्, नेपालीहरुलाई सरकारले अहिलेको सन्दर्भमा देशभित्र ल्याउन ब्यबहारिकरुपमा सम्भव नहुने भन्नुको अर्थ देशभित्र आइसकेकालाई सिमानामै खुला आकाशमुनि राखिराख्नु हुनै सक्दैन। सुन्नै नसकिने यो कुरा सँघीय सरकारको नीति हो भनेर कसले भनेको वा ब्यख्या गरेको? हुनै सक्दैन।

उनले तत्कालै अलपत्र परेको नेपालीको उद्दार गरेर क्वारेन्टाइनमा राख्नुपर्ने बताएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.