|

डोल्पा : डोल्पाको एक गाउँपालिकाले  हेलिकप्टर चार्टड गरेर भए पनि औषधि पुर्‍याएको छ।

उत्तरी डोल्पामा पर्ने शे–फोक्सुण्डो गाँउपालिकाले चार लाखको औषधि पुर्‍याउन सात लाख २५ हजार रुपैयाँमा कैलाश एयरको हेलिकप्टर चार्टड गरेको हो। 
काठमाडौंबाट सिधै हेलिकप्टर चार्टड गरेर मास्क, सेनिटाइजर, साबुन, क्वारेन्टाइन व्यवस्थापनका लागि आवश्यक ब्लांकेट, म्याट, अक्सिजन कन्सटेटर अन्य औषधि र उपकरण गाउँपालिकाको केन्द्र साल्दाङ पुर्‍याइएको स्वास्थ्य इन्चार्ज (एचए) निमादार्के गुरुङले जानकारी दिए।

उक्त परिमाणको औषधि उपकरणलगायत स्वास्थ्य सामग्री उपल्लो डोल्पासम्म पुर्‍याउन प्रतिकिलो २ हजार चार सय रुपैयाँ पर्न गएको छ। जहाजमा नेपालगन्ज विमानस्थलदेखि जुफालसम्म एक सय १० रुपैयाँ प्रतिकिलो र सडक मार्गबाट दुनेसम्मको १५  देखि २० रुपैयाँसम्म प्रति किलोमा सामग्री ढुवानी हुने गर्छ।
सरकारले घोषणा गरेको लकडाउनका कारण यतिखेर जहाज र गाडी दुबै बन्द भएका छन्। बन्दका बेला कैलाश एयरले सेवा दिएर दुर्गमका बासिन्दालाई गुन लगाएको छ । 

विश्‍वभर फैलिरहेको कोरोना भाइरसविरुद्धको पूर्वसतर्कताका लागि गाउँपालिकाले औषधि उपकर ढुवानी गरको गाउँपालिका अध्यक्ष टासिटुण्डुप गुरुङले जानकारी दिए। उपल्लो डोल्पा भौगोलिक रुपमा विकट भएकाले र यतिखेर जहाज र गाडी दुबै बन्द भएकाले महँगो मूल्य तिरेर हेलिकप्टरबाटै औषधि ढुवानी गरिएको बताइएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.