|

बारा : खोलामा पाैडी खेल्ने क्रममा डुबेर बारामा एक युवकको मृत्यु भएको छ। निजगढ नगरपालिका ९ शान्तिटोलका १९ वर्षीय सविन सहनीको मृत्यु भएको हो।बारा र मकवानपुर जिल्लाको सीमावर्ती बकैया गाउँपालिका ६ स्थित बकैया खोलामा पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ। सरकारले घोषणा गरेको लक डाउन उल्लंघन गर्दै उनी गाउँका ८ देखि १० जना साथीहरुसँग मोटरसाइकलमा घरबाट ५ किलोमिटर टाढा खोलामा पौडी खेल्न पुगेका थिए।

पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएपछि खोज्दा नभेटेपछि नेपाली सेनालाई खबर गरिएको र सेनाले डोरीको माध्यमबाट पानीमा डुबेको अवस्था बाहिर निकालेको मृतकसँगै गएका निजगढ ८ का शेख अर्फिजले बताए। डुबेको अवस्थामा फास्ट ट्रयाकको बागदेव कार्यदलका नेपाली सेनाको टोलीले शव निकालेको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक विकाश थपलियाले जानकारी दिए। 

घटनास्थलमा मकवानपुरको हात्तीसुढे प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयको टोली पुगेको थियो। इलाका प्रहरी कार्यालयले घटना मुचुल्का गरेर शव परीक्षणका लागि चन्द्रपुर अस्पतालमा पठाएको प्रहरी निरीक्षक थपलियाले बताए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.