|

भद्रपुर : नेपाल-भारतको सीमा नाका सिलसँगै लकडाउनकै बेला नेपाल प्रवेश गरेका १४ जना नेपाली नागरिकलाई नियन्त्रणमा लिई क्वारेन्टाइनमा राखिएको छ। 

कोरोना त्रासपछि भारतबाट रोजगारी छाडेर घर फर्किएका उनीहरू बिहीबार चोर नाकाबाट नेपाल प्रवेश गरेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। उनीहरू झापा गाउँपालिका १ स्थित सालमारा कुवाडी भन्ने स्थानबाट झापा प्रवेश गरेपछि स्थानीयको सहयोगमा नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए।

उनकाअनुसार कनकाई नगरपालिका ३ बस्ने ५७ वर्षीय तुलसीप्रसाद दर्जी, सोही ठाउँका २७ वर्षीय युवराज उप्रेती, ३३ वर्षीय विकास तामाङ, ४३ वर्षीय खगेन्द्र नेपाली, २८ वर्षीय सन्तबहादुर तामाङ, हल्दिबारी गाउँपालिका २ बस्ने २१ वर्षीय विवेक परियार, ३५ वर्षीय ढकबहादुर भुसाल, शिवसताक्षी नगरपालिका ८ बस्ने ३५ वर्षीय उत्तम विक रहेका छन्। 

त्यसैगरी मेचीनगर नगरपालिका १३ बस्ने २६ वर्षीय पदम तामाङ, ३६ वर्षीय चन्दबहादुर तामाङ, अर्जुनधारा नगरपालिका २ बस्ने १७ वर्षीय सुमन भुसाल, १८ वर्षीय सुजन श्रेष्ठ र कैलाली लम्किचुहा नगरपालिका ५ राजीपुर बस्ने ३९ वर्षीय कुरण बडूवाल, ४७ वर्षीय जगतबहादुर विष्ट रहेका छन्। उनीहरूको स्वास्थ्य परीक्षण गरी आआफ्नो स्थानीय तहले बनाएको अस्थायी क्वारेन्टाइनमा १४ दिनका लागि पठाएको उनले बताए।

कैलालीका दुई जनालाई झापा गाउँपालिकाको डिल्लीराम माविको क्वारेन्टाइनमा राखिएको छ। उनीहरू सबै जना रोजगारीका लागि भारत गए पनि कोरोना त्रासपछि भारतको जम्बो भन्ने ठाउँबाट भागेर घर फर्किएका हुन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.