|

मुगु : एम्बुलेन्सले लकडाउनका बेला यात्रु ओसारपसार गरेको पाइएको  छ। सुर्खेतमा रहेको नेपाल अर्बुद नवारण संस्थाको एम्बुलेन्सले खचाखच यात्रु राखेर ओसारेको पाइएको हो।

भे १ च ६७६ नम्बरको उक्त एम्बुलेन्स सुर्खेतदेखि मुगुसम्म बिरामीको नाममा यात्रु ओसारपसार गर्ने गरेको छ। उक्त एम्बुलेन्सका दुईजना बिरामीको अस्पतालको पुर्जी देखाएर मुगुका १२ जना यात्रु बोकेको पाइएको छ।

नेपाल अर्बुद्ध निवारण संस्था सुर्खेतका कर्मचारी दीपक रावतले मुगुका लागि बिरामी राखेर एम्बुलेन्स पठाएको बताए। उनका अनुसार दुईजना बिरामी र दुईजना कुरुवाको लागि ३८ हजार रुपैयाँमा भाडामा एम्बुलेन्स पठाइएको हो। 

यता जिल्ला प्रशसान कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले यसबारे अनुसन्धान हुने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.