|

काठमाडौं : नेपाली चलचित्रका नायक पल शाहले चलचित्र प्राविधिकहरूलाई आर्थिक सहयोग गर्ने भएका छन्। कोरोनाको कारण कामविहीन बनेका प्राविधिकहरूलाई शाहले ५ लाख सहयोग गर्ने जानकारी दिए।

'विपन्न तथा आर्थिक स्थिति कमजोर रहेका प्राविधिक तथा सहयोगीहरूको जनजीवन सहज बनाउनको लागि मैले सहयोगको घोषणा गर्दछु। मेरो व्यक्तिगत तर्फबाट पहिलो चरणमा ५ लाख रुपैयाँ सहयोग गर्नेछु' उनले सामाजिक सञ्‍जाल फेसबुकमा लेखेका छन।

विश्वभर फैलिएको कोरोना भाइरसबाट बच्नको लागि नेपाल अहिले पूर्ण लकडाउनमा छ। चलचित्रजन्य क्रियाकलापहरू रोकिएका छन्। चलचित्रमा दैनिक काम गरेर गुजारा चलाउने प्राविधिकहरूलाई अहिले निकै संकट परिरहेको छ।

त्यसैले पनि अहिले चलचित्रकर्मीहरू सहयोगमा जुटिरहेका छन्। चलचित्र 'छक्का पञ्जा' टिमले पनि प्राविधिकहरूलाई १ लाख १० हजार सहयोगको घोषणा गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.