|

म्याग्दी : जिल्लाका स्थानीय तहहरुले कोरोना भाइरस रोकथामका लागि सचेतना फैलाउन र लकडाउन कार्यान्वयन गर्न गाउँगाउँमा युवा समूह परिचालन गरेका छन्। जिल्लाका ६ वटै स्थानीय तहहरुले गाउँगाउँमा सुरक्षाकर्मी र जनप्रतिनिधिको समूह परिचालन गरेका हुन्। उक्त समूहले घरघरमा पुगेर कोरोना भाइरस रोकथामका लागि गर्न सकिने उपायबारे प्रशिक्षण दिने, लकडाउनबारे स्थानीयलाई सम्झाउने खालका काम गरेका छन्। साथै विदेशबाट आएकालाई क्वारेन्टाइनमा पठाउन सहयोग गर्ने जस्ता काम पनि गरेका धौलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले बताए। 

धौलागिरि गाउँपालिकामा  २२ जना युवालाई गाउँपालिकाको नाका र वडामा परिचालन गराइएको उनले बताए। सात वटै वडाबाट छनोट गरिएका युवालाई मंगलबार मुनामा कोरोना रोकथाम र लकडाउन कार्यान्वयनमा उनीहरुको भूमिकाका विषयमा प्रशिक्षण दिइएको उपाध्यक्ष छन्त्यालले जानकारी दिए।

ताकम, ढोरपाटन, मराङ र मल्कवाङका नाकामा पनि स्वमसेवक खटाइने भएको छ। गाउँपालिकाभित्र आवतजावत बन्द, भेला र जमघट रोक्नुका साथै उनिहरुले समुदायमा कोरोना फैलने कारण, लक्ष्यण र बच्ने उपायको विषयमा सचेतना फैलाउन जनप्रतिनिधि, कर्मचारी र सुरक्षाकर्मीलाई सहयोग गर्ने भएका छन्।

उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिकाले पनि माइकबाट कोरोना भाइरस (कोभिड १९) सम्बन्धी सूचना प्रवाह गर्न र लकडाउनलाई प्रभावकारी बनाउन प्रहरीको साथमा स्वयंसेवी खटाएको हो। सात जनाको समूहमा रहेको स्वयंसेवीको टोली वडाका प्रत्येक घरमा पुगेर सूचना प्रवाह गर्नुका साथै कोरोना भाइरससम्बन्धी जिज्ञासा राख्नेलाई बुझाउने गरेका गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिए।

उहाँका अनुसार गाउँपालिकाका ८ वटै वडामा क्वारेन्टाइन बनाइएको छ भने जनप्रतिनिधिले सघाउने गरी स्वयंसेवक खटाएर क्वारेन्टाइनदेखि बस्तीमा कोरोनाको जोखिम न्यूनीकरणको अभियानमा सक्रिय बनाउँछौं,’ अध्यक्ष भण्डारीले भने। यस्तै जिल्लाका मंगला, मालिका र अन्नपूर्ण गाउँपालिकाले पनि गाउँगाउँमा सचेतना फैलउनका लागि युवा समूह परिचालन गरेको जनाएको छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.