|

रौतहट : लकडाउनको समयमा रौतहटको गौर नगरपालिकामा नगर प्रमुख आफैँ राहत लिएर घर-घर पुग्‍न थालेका छन्।

गौर नगरपालिकाका नगर प्रमुख अजयकुमार गुप्ताले विपन्न, दैनिक ज्यालादारी, मजदुर लगायतलाई घर घरमा पुगेर राहत वितरण गरेका हुन्। लकडाउनको कारण विशेषगरी विपन्न, दैनिक ज्यालादारी, मजदुर वर्गलाई निकै समस्या परेको बताउँदै नगर प्रमुख गुप्ताले उनीहरुलाई घर घरमा पुगेर खाद्यान्न बितरण गरेका हुन्।

नगरपालिकाले हालसम्म ६ सयभन्दा बढी घरपरिवारलाई राहत वितरण गरेको नगर प्रमुख गुप्ताले जानकारी दिए। यसलाई निरन्तरता दिइरहेको उनले बताए।

नगरपालिकामा रहेका मुसहर, चमार, डोम समुदायका दैनिक ज्यालादारी गर्ने एवम् विपन्न परिवारलाई राहत वितरण गरिरहेको नगर प्रमुख गुप्ताले बताए। गौर नगरपालिकामा कोही भोकै बस्नु नपर्ने नगर प्रमुख गुप्ताको भनाइ छ।

नगरपालिकाले हरेक विपन्न घरमा  १५ केजी चामल, ३ केजी दाल, ४ केजी आलु, ५०० ग्राम खाने तेल र १ केजी नुन वितरण गर्दै आएका छन्।

यता, स्थानीय प्रशासनको आग्रहमा चन्द्रपुर नगर क्षेत्रमा स्थानीय व्‍यापारीहरुले घर घरमा खाद्यान्न समान पुर्‍याउँदै आएका छन्। चन्द्रपुर नगर क्षेत्रका बिभिन्न खाद्यन्न पसलवालाहरुले घरघरमै समान पुर्‍याउन थालेका हुन्। बिहान उठेदेखि नै अडर अनुसारको समान घरघर पुर्‍याउँदै आएको अभय जेनरल स्र्टोस चन्द्रपुर २ जुडिबेलाका सञ्‍चालक देवनारायण गुप्ताले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.