|

हेटौंडा : बागमती प्रदेशमा कोरोना संक्रमण रोकथाम र त्यसको संकट व्यवस्थापन समिति गठन गरिएको छ। कोभिड १९ संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारलगायत कार्यलाई व्यवस्थित र समन्वय गर्न सशक्त र प्रभावकारी संयन्त्रको रुपमा मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा प्रदेश कोभिड संकट व्यवस्थापन समिति गठन गरिएको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कार्यदिशाअनुसार समिति गठन गरिएको हो।

समितिको सदस्यहरुमा सामाजिक विकास मन्त्री, आन्तरिक मामिला तथा कानुन मन्त्री, आर्थिक मामिला तथा योजनामन्त्री, प्रमुख सचिव, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रदेश प्रमुख र हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महत सदस्य रहेका छन्। 

समितिले कोरोना रोकथाम, नियन्त्रण र उपचारमा सहयोग, समन्वय, सहजीकरण र अनुगमन गर्ने, औषधि उपकरण तथा स्वास्थ्य सामग्रीलगायत आवश्यक वस्तु वा सेवा आपूर्ति व्यवस्थापन र अनुगमन गर्ने, आवश्यक पर्ने जनशक्ति व्यवस्थापन गर्ने, अस्पतालहरुको मापदण्डअनुसार आइसोलेसन र आइसियू व्यवस्थापन गर्ने, मापदण्डअनुसार क्वारेन्टाइनको निर्माण तथा व्यवस्थापनलगायत कार्य गर्नेछ।

यसैगरी समितिमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री, आन्तरिक मामीला तथा कानुन मन्त्रालयका सचिव, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव, उद्योग, पर्यटन, वन तथा वातारवण मन्त्रालयका सचिव, सामाजिक विकास मन्त्रालयका सचिवहरुलाई सदस्यमा र मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिवलाई सदस्यसचिवमा मनोनित गरेका छन्।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.