|

बागलुङ : बागलुङकी १९ वर्षीया कोरोना संक्रमित युवतीको परिवारका सबै सदस्यको कोरोना परीक्षण रिपार्ट नेगेटिभ आएको छ। मंगलबार संक्रमित युवतीको परिवारका ७ जना सदस्यसहित ११ जनाको थ्रोट स्वाब परीक्षणका लागि पठाइएको थियो।

बिहीबारसम्म उनका परिवारका अन्य सदस्यको रिपोर्ट आएको भए पनि युवतीका हजुरआमाको रिपोर्ट शुक्रबार मात्रै आएको धौलागिरि अञ्चल अस्पतालका डा. प्रदीप श्रेष्ठले बताए। उनीसँगै बेज्लियमबाट आएकी ६५ वर्षीया वृद्धामा पनि बिहीबार कोरोना संक्रमणको पुष्टि भएको थियो।

काठमाडौंसम्म लिन गएका उनका ज्वाइँको पनि कोरोना परीक्षण रिपोर्ट नेगेटिभ नै आएको छ। यसअघि आएका नतिजासँगै बागलुङबाट हालसम्म परीक्षणमा पठाइएका १३ जनामध्ये ११ जनाको नेगेटिभ र २ जनामा पोजेटिभ भेटिएको छ। पोजेटिभ भेटिएका दुवैजना एउटै विमानमा बेल्जियमबाट कतार हुँदै नेपाल आएका हुन्।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.