|

दैलेख :  जिल्लाका दुई वटा स्थानीय तहले ७५ लाखको राहत कोष स्थापना गरेका छन् । 

डुंगेश्‍वरमा २५ लाखको राहतकोष 

डुंगेश्‍वर गाउँपालिकाले कोरोनाविरुद्ध लडन २५ लाखको राहत कोषको स्थापना गर्ने भएको छ। राहत कोषमा जम्मा भएको पैसा पालिकामा औषधि खरिद गर्न शंकास्पद बिरामी फेला परेको खण्डमा सुर्खेतसम्म पठाउनुका साथै उक्त रकम क्‍वार‍ेन्टाइन निर्माणमा खर्चिने गाउँपालिका अध्यक्ष नगेन्द्रबहादुर मल्लले बताए।

शुक्रबारर बसेको गाउँ कार्यपालिका बैठकले पालिकाभित्रका ६ वटा वडामा रहेका अतिविपन्न ५ जनामाथिको परिवारलाई ३ हजार, ५ जना सम्मको परिवारलाई २ हजार ५ सय र ३ जना सम्मको परिवारलाइ १ हजार ५ सय बराबरको राहत सामग्री वितरण गर्ने निर्णय गरेको हो। 

यस्तै फिल्डमा खटिने स्वास्थ्य कर्मचारीलाई प्रोत्सहान भत्ता दिइने र कोरोना भाइरसविरुद्ध अभियानमा खटिने प्रहरी चौकी चुप्रा र डुंगेश्‍वरलाई १५÷१५ हजार डाडापराजुल प्रहरी चौकीलाई १० हजार बराबरको खाजा खर्च दिइने निर्णय पालिकाले गरेको अध्यक्ष मल्ले बताए।
 
चामुण्डामा ५० लाखको राहतकोष 

जिल्लाको पश्चिममा पर्ने चामुण्डाबिन्द्रासैनि नगरपालिकाले पनि ५० लाखको राहात कोष स्थापना गरेको छ।
राहत कोषबाट नगरपालिकामा क्‍वार‍ेन्टाइन निर्माण गर्ने औषधि खरिद गरिने र पालिकामा कोही कोरोना शंकास्पद बिरामी फेला परेको खण्डमा उपचारका लागि पठाइने साथै भारतलगायत अन्य मुलुकमा अलपत्र परेका नागरिकको उद्धारका लागि रकम खर्चिने नगर प्रमुख सूर्यबहादुर शाहीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.