|

धनकुटा : लकडाउनका कारण काममा जान नसकेका धनकुटा नगरपाालिकाका विपन्‍न मजदुरलाई नगरपालिकाले खाद्यान्‍न वितरण गरेको छ।  दैनिक ज्यालादारी गरेर परिवार पाल्दै आइरहेका नगरपालिकाका १ हजार ४ सय ६६ घरका अतिविपन्‍न परिवारलाई राहतस्वरुप खाद्यान्‍न वितरण गरिएको हो।

लकडाउनले दैनिक मजदुरी गर्नेलाई समस्या भएपछि राहत वितरण गरिएको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले बताए। नगरपालिकाले प्रतिपरिवार २५ केजी चामाल, दुई केजी दाललगायत सामग्री वितरण गरेको छ। धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापाका अनुसार नगरपालिकाका अन्य विपन्‍न परिवारको खोजी गरी राहत वितरण गरिनेछ। 

यस्तै धनकुटाको महालक्ष्मी नगरपालिकाले पनि राहत वितरण सुरु गरेको छ। यता पाख्रिवास नगरपालिकाले राहत वितरण गर्ने निर्णय गरेर वडालाई जिम्मा दिएको छ। वडास्तरमा नामावली संकलन भइरहेको र नाम सिफारिस भएर आउने बित्तिकै राहत वितरण सुरु गरिने बताइएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.